Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

एमालेले गराएको सही, तर्साउने हतियारमात्र

१४ सोमबार , चैत्र २०७८३ बर्ष अगाडि

काठमाडौं । परमादेश ५ मध्ये प्रधानन्यायाधीश चोलेन्द्र शमशेरमाथि महाभियोग दर्ता गराइयो । पासै हुन नसक्ने महाभियोग लगाएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व र एमालेलाई खबरदारी सम्म गरियो ।
एमालेको ’काउन्टर’ रणनीति अनुसार चार न्यायाधीशविरूद्ध महाभियोग प्रस्ताव ल्याउनेबारे छलफल ग¥यो, आफ्ना सांसदहरूलाई चारप्रतिमा सही गराएर महाभियोग लगाउने खातमाथि खातको खतरा देखायो । उपयोग गरेन ।
एमालेले स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले सर्वोच्च अदालतका चार जना न्यायाधीशविरूद्ध महाभियोगको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल चलिरहेको अझै पनि बताइरहेका छन् । एमाले सभामुखमाथि पनि महाभियोग लगाउने भनिरहेकै छ । तर एमसिसी पारित गर्न सघायो, त्यसपछि एमालेको महाभियोग रोकिएर चुनावी सरगर्मी सुरू भएको देखिन्छ । एमालेले कावा प्र.न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईविरूद्ध महाभियोगको प्रस्ताव दर्ता गर्ने तैयारीमा थियो । कहाँ कसले कुन प्रकारको कुरा मिलाएर एमालेलाई चूप गराएको छ । स्थानीय चुनाव नजिकिदै जाँदा अप्रत्यासित ढंगले हठात् राजनीतिको कोर्स परिवर्तन हुनपुगेको छ ।
दलितमा जस्तो दह्रो हिम्मत कतिमा छ ?