कम्बल ओढेर घ्यू कसरी खाने? यो तरिका सिक्न सशस्त्रका आइजीपी कोषराज वन्तसँग सिक्न सकिन्छ। उनले डीआईजीद्वय पुष्प केसी र शैलेन्द्र खनाललाई गोप्य रुपमा सम्पूर्ण अधिकार सुम्पेका छन्। यिनै दुईजनाले दिएको सूचीअनुसार सरुवा, बढुवा गर्ने गरेका छन्। जसले दिन्छ, उसले पाउँछ भन्ने कोषराज वन्तकै कारण सकल दर्जामा चर्चा चलेको सुनिन्छ– हाम्रा साप भ्रष्ट शिरोमणि। हुन पनि यतिखेर सशस्त्रभित्र घूस डुङ्डुङ्ती गनाउन थालेको छ। लाग्छ, सशस्त्र बल नभएर महानगरको कन्टेनर हो। दुर्गा कुवरले विभेद गरेकै कारण क्षमतावान भए पनि उनले जागीर छाडेका छन्। अन्य दर्जाका सुरक्षाकर्मी पनि विभेदमा परेको बताइरहेका छन्। क्षमता र योग्यता भएर पनि कोषराजको कोषमा उठ्ती पुठ्ती बुझाउन नसक्नेको कदर हुन
छाडेको छ। प्राविधिकले सशस्त्र बिगार्नु बिगारे।
पहिले नेपाल वैंक लिमिटेडलाई नेवार बैंक भनिन्थ्यो। हुन पनि ९५ प्रतिशत कर्मचारी नेवार हुनेगर्थ्यो। अहिले सशस्त्र प्रहरी बलभित्र नेवारवाद हावी हुनपुगेको छ। कि पैसा, कि नेवार भयो भने उसले विशेष सुविधा पाउने गरेकाले सकल दर्जामा व्यापक असन्तुष्टि बढेर गएको छ। आफू प्राविधिकबाट आइजीपी बन्न सफल भएकाले पनि सशस्त्रभित्रका विभिन्न गण, गुल्म, टोलीहरुमा नेवार र प्राविधिक सेवाकालाई प्रमुख बनाइएको छ। कमिशन खटनपटनमामात्र होइन, खरिद, सम्भार र निर्माण ठेक्कामा पनि भइरहेको छ। पछिल्लोपटक जीवन थापा, दुर्जकुमार राई र प्रकाश ओझाजस्ता एआईजीहरु भित्रभित्रै उकुसमुकुसिएका छन्। वन्तको पालामाजस्तो भ्रष्टाचार सशस्त्रको इतिहासमै थिएन भन्नेहरु भन्छन् अव वन्तको दिनगन्ती सुरु भइसक्यो। खन्चुवा गृहमन्त्री वन्तको पक्षमा किन चुप छन्, बुझ्न सकिन्छ।


