Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

निर्मल निवास कसैको आशा, कसैको आशंका

२१ सोमबार , भाद्र २०७२१० बर्ष अगाडि

स्वयम्भूनाथ कार्की
नेपालमा राजसंस्थाको लोकप्रियता सबैभन्दा कम भएको बेला कुना पारिएका राजा अन्तरिम गणतन्त्रकालमा एक शक्तिपुूजको रुपमा उदाउदैछन। कयौ नेपालीहरुको आशाको केन्द्र भएको निर्मल निवास केहिको निमित्त दुःस्वप्न पनि भएको छ। आशा गर्नेहरुले राजसंस्था पुनर्स्थापनाको जति आशा र भरोशा राखेका छन त्यो भन्दा धेरै विरोधिहरुको मुटुमा ढ्यांग्रो ठोकिएको छ। उनीहरु निर्मल निवासमा हुने सानो भन्दा सानो कुरालाई पनि भयभित भएर हेर्ने गर्दछन। त्यहाू प्रतिपल के भईरहेको छ भन्ने कुरा जान्न आतुर हुने गर्दछन। निर्मल निवास सुत्रले जानकारी दिएको भनेर आफ्नो पत्रिकाको बिक्री बढाउन तल्लिनहरुको हल्लाको भरमा कारवाही गर्ने धम्की दिन एक सेकेण्ड पनि विलम्ब गर्दैनन।  
उपासनास्थलहरुमा जाूदा होस वा नेपाल कै कुनै भागमा जाूदा सबैको चासो अनि धेरैको मनमा आशा र केहिको मनमा भयको संचार हुने गर्दछ। अझ यस्तो भ्रमण मुलुक बाहिर भयो भने त कल्पनाको उडानले के के देख्छ त्यो भन्नै नसकिने हुन्छ। तर, विगतका केहि बर्षदेखि अहिलेसम्म निर्मल निवास के सोच्दै छ, यसको चाहाना के छ आदि जिज्ञाशा हल हुने गरेर केहि कुरा प्रकट भएको छैन। हो शुरुका दिनहरुमा केहि हुने हो कि भनेर भन्न मिल्ने कुराहरु आएको जस्तो लागेको थियो।

वर्तमानमा त्यस्तो लाग्नपर्ने कुनै गतिविधि देखिएको छैन। समर्थकहरु र विरोधीहरु दुवैले आफ्नो मनले एक प्रवल धारणा बनाएका छन कि निर्मल निवास पुनर्स्थापना हुन चहान्छ। जुनरुपमा भए पनि जसरी भए पनि पुनर्स्थापना चाहेको छ , राजा आफुले नसके पनि बरु नातीलाई नै स्थापना गर्न चहान्छन भन्ने सोच बलवान भएको छ। पुनर्स्थापनाको चहाना छ भन्ने संकेत गर्ने कुनै गतिविधि देखिएको छैन त्यसै गरेर चहाना नभएको संकेत गर्ने पनि कुनै कुरा प्रकट भएको छैन। यहि आधारमा संवैधानिक राजतन्त्र, आलंकारिक राजतन्त्र, शिशु राजा आदि सबै कुराको संभावनामा समर्थक र विरोधी दुवैको चिन्तन रुमल्लिएको देखिन्छ।  
जनताको इच्छा सर्वोपरी छ, मुलुकले आफ्नो जस्तो भूमिका माग्छ त्यसको निमित्त तैयार छु भन्ने अभिव्यक्तिले अधिकांशलाई पुनर्स्थापनाको चहाना भएको निश्कर्ष निकाल्न प्रेरित गरेको छ। जनताले आफ्नो भूमिका यस प्रकारको निश्चित गरुन भनेर कुनै पनि प्रयत्न नहुनु मात्र हैन जनसम्पर्कका मौकाहरु घटाउदै लैजानुले गरेको संकेत बुझ्न कोहि तैयार देखिदैन। योे आफ्नो चहानाले जनताको इच्छालाई प्रभावित नगरोस भनेर अंगिकार गरेको मौनता हुन सक्छ। तर पहिलेदेखि आफुले बनाएको धारणा भन्दा फरक तथ्य पनि हुनसक्छ भनेर कसैले सोचेको छैन। एक नेपाली, एक गद्धिमा आरुढ भैसकेको व्यक्ति, शाहवंशकोे उत्तराधिकारको एकमात्र हकदारले आफ्नो मुलुकले, मुलुकका जनताले आफ्नो कुन र कस्तो किसिमको भूमिका कल्पना गरेका छन त्यो पहिले जान्न खोजेको हुनसक्ने संभावना प्रवल छ। भूमिका त सबैले कल्पना गरेकै छन भन्ने कुरा पिडितलाई मानविय सहायता बाूड्न जाूदा पनि थर्कमान हुनुले देखाएकै छ। जनताले भूमिका चाहेका छन भन्ने कुरा जहा पनि लाग्ने गरेको जनताको भिडले बताएकै छ। तर त्यो भूमिका कस्तो हो भनेर प्रष्ट गरिएको छैन। कोहि मनोमानी गर्ने नेतृत्वलाई ठेगानमा राख्ने आशा बोकेका छन। कोहि राणाशासन कालमा भएको राजाको अवस्थामा हुनु पर्दछ भन्नेहरु पनि छन।
यसमा दुई विपरित ध्रुवका सोचहरु पनि छन। विरोधीहरु केवल एक सर्वसाधारण नागरिकको भूमिका मात्र रहोस भन्ने चहान्छन। अर्को थरी पनि छन जो राजाले मुलुकलाई यो दुश्चक्रबाट निकालेर उद्धार गरुन भन्ने सोच राख्छन। समग्रमा यस्तो भूमिका रहनु पर्दछ भन्ने कुरा असरदार रुपले नउठुन्जेल निर्मल निवास आफ्नो सोच प्रकट गर्ने मनशायमा नभएको जस्तो लाग्छ। आफ्नो निमित्त निर्धारित भूमिका प्रष्ट नहुन्जेल मौन रहनु नै श्रेयष्कर ठानेको हुन सक्छ। त्यो भूमिका प्रष्ट भैसकेपछि त्यसलाई स्विकार गर्ने वा नगर्ने भन्ने अधिकार निर्मल निवासले सुरक्षित राखेको छ।  त्यसैले निर्मल निवासमा आशा देख्नेहरुले कस्तो किसिमको आशा राखेको हो त्यो प्रष्ट गर्ने वेला भैसकेको छ। त्यसप्रति आशंका राख्नेहरुले पनि विगतलाई गाली गर्नुभन्दा आफ्नो हातमा आएको यो दशक भरी नेपाल र नेपालीलाई के दिईयो र भविष्यमा के दिईने छ त्यो प्रष्ट गरेर अव भूमिकाको आवश्यकता नभएको सन्देश दिन सक्नु पर्दछ। देशको यस्तो हालत हुूदा पनि चुपचाप वस्न उचित हैन भन्ने समर्थकहरुको जमातले पनि सोच्नु पर्दछ के राजाले मात्र सोच्नु पर्ने हो? यो अवस्थामा उनलाई पनि मान्य हुने भूमिकाको प्रस्ताव गर्नु उनिहरुको कर्तव्य हैन र? चाहे विरोधी हुन वा समर्थक सबैले देश र जनतालाई केन्द्र विन्दुमा राखेर सोच्नु पर्दछ। निर्मल निवासमा आशा राख्नु वा आशंका राख्नुको कुनै औचित्य छैन। निर्मल निवास अतिरिक्त खेलाडीको रुपमा आफ्नो भूमिका कुरेर बसेको छ। मैदानमा पस्न नदिन खोज्नेहरुले आफुले खेलमा कुशलता देखाउन पर्‍यो , मैदानमा बोलाउन चाहानेले खेलमा स्थान तोक्नु पर्‍यो। अतिरिक्त खेलाडीले गर्न सक्ने भनेको मैदान बाहिर बसेर आफ्नो भूमिकाको प्रतिक्षा मात्र हो। यस कर्तव्यमा निर्मल निवास चुकेको जस्तो लाग्दैन।