Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

मेडिकल कलेजवालाहरु आन्दोलित

२१ सोमबार , भाद्र २०७२११ बर्ष अगाडि

भदौ ७ गते छैठौंपटक आमरण अनसन बसेका डा.गोविन्द केसीसँग माथेमा आयोगको प्रतिवेदन लागू गर्न तैयार भएर सरकारले ११ बुँदे सहमति गरेपछि १४ दिनमा अनसन तोडिएको छ। सरकार झुक्यो भनेर मेडिकल कलेज सञ्चालकहरु हाम्रो लगानी डुब्ने भयो भनेर आन्दोलन गर्ने भएका छन्।  २० गते नै प्रधानमन्त्रीलाई ६ सूत्रीय मागपत्र बुझाएर निजी कलेज सञ्चालकहरुले ३ दिनको अल्टिमेटम दिएका छन्। माग सुनवाई नभए कडा आन्दोलन गर्ने चेतावी पनि दिएका छन्। उनीहरुको दावी छ– निजी कलेजको व्यवसाय धरासायी हुनेछ, लगानी डुब्नेछ। सहमति लागू नगरियोस्।