Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

लोकतान्त्रिक त पूर्वराजा रहेछन्

०७ सोमबार , चैत्र २०७८३ बर्ष अगाडि

उहिले ‘ज्ञाने चोर देश छोड’ भन्दै सडकमा उफ्रिएका म जस्ता लाखौँ ’हामीहरू’ अहिले बिदेशका गल्लीमा भौतारिरहेका छौं, तर त्यागी, मनकारी राजा नेपालमै आम जनताकाबीच नागरिक भएर बसेका छन् । सुनियोजित हिसाबले निरंकुश भनिएका पूर्वराजा वास्तवमा लोकतान्त्रिक अभ्यासका पर्याय रहेछन् भन्ने पुस्टि भएको छ । १५ वर्षको लोकतान्त्रिक अभ्यासमा पूर्वराजामात्र विधि र आचरणमा बसेको देखियो । हरेक नेता जनताको नजरमा विश्वासघाती, जनमत घाती बनेको छ तर गद्दी त्यागेर माटोमाथि उभिएका पूर्वराजा माटोमाथि नै उभिएका छन् । राजनेता भनेको यस्तो हुनुपथ्र्यो, नेतृत्वले यो कुरा बुझ्नै चाहेन, बुझेन कहिले । यसकारण त पार्टी राजनीति जनताको आँखामा बिझाउने पद्धति हुनपुगेको छ ।