काठमाडौं । शाही युवा शक्तिले चैत २१ गते हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापनाका लागि विशाल जनप्रदर्शन गरेर नारायणहिटी कब्जा गर्ने जनाउ रिपोर्टर्स क्लवबाट सार्वजनिक गरेको छ । अध्यक्ष पशुपति खड्काले राजसंस्था र हिन्दुराष्ट्रको लागि अन्तिम लडाइँ लड्न चैत २१ को साइत जुराएर आमनेपालीलाई सडकमा आउन आह्वान गरेको छ ।
फेसबुकमा राजा आउ देश बचाउ भन्नेहरू सडकमा आउनुपर्ने उनको विचार छ । चैत २१ गते रत्नपार्कमा भेला भएर राजदरवार जाने, हाते साङ्लो बनाएर राजदरवार कब्जामा लिने भनेको छ । अब जनताले सशक्त आवाज उठाउनै पर्छ भन्ने उनको विचार रहेको छ । खड्काले राष्ट्र, राजा र हिन्दुत्वका लागि जुनसुकै आहुति दिन तैयार रहेको बताए । कोठे राजावादीहरूले क्रान्ति गर्लान् त ?