अधिवक्ता गंगा दहाल – -
अहिले हाम्रो देशमा एकपछि अर्को चुनौती थपिदै गर्दा परिस्थिति दिनानुदिन झन भन्दा झन जटिल बन्दै गहिरहेको अवस्था हामी देखिरहेका छौ, भोगिरहेका छौ । किन होला ? यसको जिम्मेवार को हो ?
यसरी हामीले सधै भरी चुनौती र संकटको चक्रब्युह भित्रै फसिरहन परेको ?अबका दिनमा राजनैतिक सामाजिक आर्थिक अवस्था सुदृढ हुन सक्दैन ? संकट चुलिदै पहाड बनिरहेका छन् । उत्पन्न संकटहरू कस्का कारणले चुलिदै छन् ? यस्तै हो भने हामी नेपालीको भविष्य के हुने हो, देशको परिस्थिति कता मोडिने हो ? राष्ट्र राष्ट्रियता र जनताको सार्वभौमिकतामा नै असर पर्ने पो हो कि ? यिनै गम्भीर प्रश्नहरूका तातिलागेका छन् ।
परिस्थितिलाई निहाल्दा लाग्छ अत्यन्त चुनौतीपूर्ण अवस्थामा हामी गुज्रिरहेका छौ । नियतिनै भोगिरहेका छौ । भविष्यका लागि सुन्दर लक्ष्यण होइनन् ।
के यो अवस्थामा कुनै सुधारका कडि छैनन् ? यथास्थितिमानै संकट कायम रहिरहन्छ यो राष्ट्र समस्याले निकास पाउछ कि पाउदैन ? पाउँछ भने कति समय सम्म पर्खिनुपर्छ । नेपालको सार्वभौमिकता लोकतान्त्रिक राज्य ब्यबस्था राष्ट्रका मुटु हुन् ।यस्तो संबेदनसिल बिषयमा आम जनताको चासो बढ्नु पर्छ । नत्र संबेदनशिल बिषयमा पनि अन्योलको वातावरणमामा कहिले सम्म रूमलिरहनु पर्ने हो ? समृद्धिको रूपान्तरण भनेको हिजोको भन्दा जनताको जीवन स्तर कमजोर हुँदै जानु खस्किदै जानु महङ्गी हत्या हिंसा भ्रष्टाचारका मारमा परिरहनु पक्कै पनि होइन नि ।
अब पनि जनतातिर फर्किनु पर्दैन ? जनताको दुखमा साथ दिनु पर्दैन ? यहि दुर्दशा देख्न यति ठूलो परिवर्तन ल्याएका हुन् त जनताले । जनतालाई सरल जनजीविका भए पुग्छ, राजनीतिक भागबन्डा त बिचौलियालाई हो आवश्यक । एउटा चुनावलाई अवसरको रूपमा लिएर मनले खाएको पार्टीलाई भोट दिएर स्थायी सरकारको अपेक्षा राख्नु के अपराध थिएन । चुनाव त फेरि आइसक्यो, पार्टीहरू अझै जनताको आवाज सुन्दैनन् भने चुनावको नतिजा के कस्तो आउला ? अहिलेको अवस्था भनेको देश र जनतालाई केन्द्र बिन्दुमा राखेर प्रतिकुल विकट परिस्थितिलाई अनुकुल बनाउँदै जैजानु पर्छ । परिस्थितिसँग सामना गर्ने दायित्व राज्यको हो । सरकारले र जिम्मेवार पार्टीहरूले जस्तोसुकै परिस्थितिको सामना निर्बाध गर्नैपर्छ राजनैतिक संकट देखाएर तर्किन पाइदैन । जसमात्र होइन, अपजस पनि लिनुपर्छ ।
जनताले लोकतन्त्रको अनुभुति गर्न पाए कि पाएनन यो गम्भीर प्रश्न छ । हिजो देश र जनताको सार्वभौम अधिकार, समृद्धिको पाटो अनि ती मजदुर किसान न्युन आय आर्जन भएका बिपन्न बर्गकाका लागी सामाजिक आर्थिक स्तरलाई सुधार गर्ने भनेर गरिएको राजनैतिक परिवर्तनले सार्थकता पाउनेकी नपाउने खुन पसिना बलिदानिलाई बालुवाको पानी बनाउन त भएननी, अहिलेको यो ति बर्गका लागी सृजना भएको बिकराल परिस्थितिमा शक्तिशाली कम्युनिस्टले नेतृत्व गरेको सरकारले तिनिीहरूका आर्थिक सामाजिक राजनैतिक बिकासका नयाँ ढाँचामा रूपान्तरित भैसक्नु पर्ने बेलामा राजनैतिक खिचातानीकै मार सहिरहनु पर्ने त ? होइन कस्तो यो बिडम्बना हो ? राजनितीक अस्थिरता मै घुम्ने मात्र कि समाधानको दिशा पनि देखाउने ? देश संकटको भूमरीमा फस्दै जाँदा पनि कुनै चिन्ता देखिदैन ।
अगाडिका दिनमा जे जे भए पनि अबका दिनमा छिटोभन्दा छिटो आम जनताले सहज परिस्थितिको अनुभुती गर्न पाउनुपर्छ । आन्तरिक बिबादास्पद माहोलको अन्त्य हुनुपर्छ । विवादहरूले, राष्ट्रिय मुद्दाहरूले छिटो निकास पाउनु पर्छ । अन्धभक्त पक्षपोषणको अन्त्य हुनुपर्छ । यस्तै अवस्था कायम रहिरहे अन्ततः खतरापूर्ण वातावरणको सृजना हुन्छ नै । नेतृत्व तहले गम्भीर भएर सोच्न जरूरी छ ।
सबैकुरा बिर्सेर जनताको जिउ धनको रक्षा गर्नु राज्यको पहिलो कर्तव्य हुन आउँछ संकटको बेला । आवश्यकता हेरि छिटो निर्णय पनि लिनुपर्ने हुन्छ । झट्ट देख्दा प्रजातान्त्रिक नदेखिए पनि दुरगामी प्रभाव पार्ने र तत्कालमा ढिलाइ गर्दा राज्यले ठूलो मुल्य चुकाउनु पर्ने जटिलता राज्यसत्तासँग छ अहिलेको स्थितिमा । यसो भन्दैमा अधिक स्वेच्छाचारीता आफैलाई हानिकारक हुन्छ । चेतना रहोस् ।
महिला मुक्तिका सवाल...
मानव सभ्यता देखि लिएर अहिले यो मुलुकमा जति पनि परिवर्तनहरू भएका छन् तत् तत् परिवर्तनहरूमा अत्यन्त ठूलो भूमिका महिलाहरूको पनि छ भन्नमा अत्युक्ति नहोला । हिजो परिवर्तनका लागी पुरूष सरह महिला पनि गिरफ्तार भए चिसा छोडिमा रात बिताए कयौं महिला घाइते भए कयौंले मृत्यु बरण गरि शहीद भए जेल नेल सबै भोगे तर पनि आजसम्म महिलालाई हेर्ने समाजको दृष्टिकोणमा पूर्णरूपमा परिवर्तन आउन सकेको छैन । मुलुक परिवर्तन गर्न महिला शक्तिको भूमिका कम छैन यो कस्ले देख्ने । बोलीलाइ व्यबहारमा ढाल्न कति गाह्रो पर्ने रहेछ । म चुनौतीका साथ भन्छु यदि महिलाले पुरूष सरह समय पाउने हो भने के गर्दैनन् होला जस्ता सुकै समस्यालाई पार लाउन सक्छन् बुद्धि लगाएर होस या विवेकले । महिलाले अहिले पनि समयलाई ब्यबस्थापन गरेरै चुलो चौको देखी विभिन्न निकाय सरकारी गैरसरकारी प्रशासन संगठन खेलमैदान राजनीति हरेक स्थानमा आफ्नो भूमिका इमानदार संयमताका साथ निभाएका छन् । महिला कमजोर छैनन्, महिलालाई कमजोर ठान्ने सोच कमजोर हो भन्ने लाग्छ
त्यसैले म भन्छु महिलालाई महिलाको उदेश्यमा पुग्न प्रेरित गर्नको लागी अबको राजनैतिक माहोल महिलाको हुनुपर्छ । यदि राजनीतिमा माथी केन्द्र देखी स्थानीय सम्म अनि हरेक निर्णायक स्थानमा र निर्णायक भुमिका देखी कार्यान्वयनको पाटो समेतमा महिलालाई अधिकार दिने हो भने अहिलेको जुन अन्योलको परिस्थिति आउने थिएन होला जस्तो लाग्छ । स्वाभाबैले महिला संयम कोमल समझदार इमान्दार धर्यवान भएको कारणले । त्यसले पनि अब महिलाहरू जुन जुन आस्था बोकेका भए पनि आम महिलाको हक अधिकारका लागी सबै महिला एक जुट हुने वातावरण बनाउदै अघि बढ्नु पर्छ किनभने महिला माथीका विभेद पुर्ण रूपमा अन्त्य गराउनु छ । हरेक निर्णायक स्थानमा महिलालाई पुर्याउनु छ । महिलालाई आर्थिक क्षमता अभिबृध्दी गरि नेतृत्व तहमा पुर्याउनु छ । महिलाहरूलाई रूपमा सवल बनाइ आफू कमजोर छु भन्ने मानसिकताको अन्त्य गर्नु छ । त्यसैले आम महिला एकजुट हुनै पर्छ । जो जुन आस्थाका भए पनि सबै महिलाका समस्या एउटै हुन भनेर अघि बढ्नु अबको महिला आन्दोलन हुनुपर्छ । महिला अधिकारका कुरा सुनाएर मात्र हुने वाला केही छैन । यस पटकको नारी दिवसले नयाँ आयाम ल्याओस्, हामी महिलामा जागरूकता बढोस्, अन्याय सहेर बस्ने मानसिकतामा परिवर्तन आउनैपर्छ । सबै नारीमा नारी दिवसको शुभकामना भन्न चाहन्छु ।