Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

इन्धनको मूल्य यसरी बढ्यो भने....

२३ सोमबार , फाल्गुण २०७८३ बर्ष अगाडि

काठमाडौं । अहिले नै इन्धनको मूल्य बढेर बजारभाउ बढिसकेको छ । इन्धनको मूल्य बढ्नु भनेको जीवनका पाइला पाइलामा मूल्यबृद्धि र महगी हुनु हो ।
भारतका आपूर्ति बिश्लेषकहरूले सम्भाव्य अध्ययन गरेको एक रिपोर्टअनुसार चालु वर्षको अन्त्यसम्ममा भारतमा पेट्रोलको प्रति लिटर मूल्य २०० पुग्न सक्नेछ । नेपालको इन्धनको मूल्य भनेको भारतले पठाएको मूल्यअनुसार हुने हो । त्यो अवस्था आयो भने नेपालको अर्थतन्त्र कता पुग्ला ? नेपालको जनजीवन कसरी बाँच्ला ?
अहिले इन्धनको मूल्य घटाउन आन्दोलन भइरहेको छ । उपभोक्ता अगुवाहरू पनि मूल्यबृद्धिको बिरोध गरिरहेका छन् । महगो भएर आयो भने महगी त बढ्छ । हो, भ्रष्टाचार व्यापक छ, न्यूनिकरणमा जोड दिनुपर्छ । चुहावट रोक्नुपर्छ । तर पेट्रोलियम पदार्थको मूल्य दोब्बर भयो भने हामीजस्ता आयातमूलक मुलुक बाँच्ने उपाय खोज्न थालेको खोई ?