Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

दान बकस सम्बन्धि व्यवस्था

१६ सोमबार , फाल्गुण २०७८३ बर्ष अगाडि

अधिवक्ता गंगा दहाल – -
– दान वा बकस भएको मानिने ः(१) कुनै ब्यक्तिले आफ्नो हक र  स्वामित्वको सम्पत्ति कुनै ब्यक्तिलाई वा धार्मिक ,सामाजिक ,सार्वजनिक वा सामुदायिक कार्यको लागी निःशुल्क रूपमा दिने कार्यलाई दान मानिनेछ ।
(२) कुनै ब्यक्तिले आफुलाई पालनपोषण गरी वा अन्य तवरले रिझाए बापत वा पारिवारिक स्नेह वा अनुरागको कारण आफ्नो हक र स्वामित्व पुग्ने सम्पत्ति इनाम, पुरस्कार वा बक्सिसको रूपमा त्यस्तो ब्यक्तिलाई निःशुल्क रूपमा दिने कार्यलाई बकस मानिनेछ ।
(३) दान वा बकस दिँदा दान वा बकस दिनासाथ वा कुनै निश्चित अवधिपछि वा दान वा बकसपत्र दिने ब्यक्तिको मृत्युपछि प्रभावकारी हुने गरी दान वा बकस दिन सकिनेछ ।
(४) दान वा बकस दिने ब्यक्तिको मृत्यु पछि मात्र दान वा बकस प्रभावकारी हुने भएमा निजले शेष पछिको दान वा शेष पछिको बकस दिएको मानिनेछ ।
– उद्घोषण गरी सम्पत्ति दान दिन सक्ने ः कुनै खास कामको लागि आयोजना गरिएको सार्वजनिक समारोहमा कसैले त्यस्तो कामको निमित्त खास रकम वा सम्पत्ति दान दिन लिखित वा सार्वजनिक रूपमा उद्घोषण गरी त्यस्तो रकम वा सम्पत्ति दान दिन सक्नेछ । तर निजले त्यसरी दान दिएको सम्पत्ति हस्तान्तरण नगरेमा कुनै नालिस गर्न सकिने छैन ।
– दान वा बकस बदर हुनेः दिएको दान वा बकस देहायका कुनै अवस्थामा स्वतः बदर हुनेछ ः–
(क) दान वा बकस पाउने ब्यक्ति आफैले वा आफ्नो प्रतिनिधि मार्फत दान वा बकसको सम्पत्ति स्विकार नगरेमा,
(ख) कसैलाई शेषपछि हक हुने गरि सम्पत्ति दान वा बकस दिएकोमा दान वा बकस दिने ब्यक्ति भन्दा दान वा बकस पाउने पाउने ब्यक्ति अघि मरेमा वा दान वा बकस पाउने संस्था  विघटन भएमा,
(ग) गर्भमा रहेको शिशुलाई सम्पत्ति दान वा बकस दिएकोमा त्यस्तो शिशु जीवित रूपमा नजन्मिएमा,
(घ) दान वा बकस प्रभावकारी नहुँदै दान वा बकस बमोजिमको सम्पत्तिको अस्तित्व नरहने गरि नासिएमा ।
– दान वा बकस बदर गराउन सकिने ः (१) यस ऐनमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा त्यस्तो दान वा बकस बदर गराउन सकिनेछ ः–
(क) अन्य ब्यक्तिको हक र स्वामित्वको सम्पत्ति दान वा बकस दिएमा ,
(ख) कानुन बमोजिम अन्य ब्यक्तिको मन्जुरी लिनु पर्नेमा त्यस्तो ब्यक्तिको मन्जुरी नलिई कुनै सम्पत्ति दान वा बकस दिएमा,
(ग) असक्षम वा अर्धसक्षम  ब्यक्तिले कुनै सम्पत्ति दान वा बकस दिएमा,
(घ) कानुनको रीत नपु¥याई सम्पत्ति दान वा बकस दिएमा
अन्य ब्यक्तिको मन्जुरी लिनुपर्ने अवस्थामा मन्जुरी नलिई दान वा बकस गरी दिएकोमा यसरी मन्जुरी नलिएको हद सम्मको सम्पत्ति बदर हुनेछ ।
– शेषपछिको बकसपत्र संशोधन वा रद्द गराउन सक्ने ः (१) शेषपछिको बकसपत्र गर्ने ब्यक्तिले चाहेमा जुनसुकै बखत सम्बन्धित अधिकारी समक्ष आफै उपस्थित भैई निवेदन दिई आफुले गरेको शेषपछिको बकसपत्रका शर्त संशोधन वा बकसपत्र रद्द गर्न सक्नेछ ।
(२) शेषपछिको बकसपत्र संशोधन वा रद्द गर्दा त्यस्तो ब्यक्ति संम्बन्धित अधिकारी समक्ष उपस्थित भैई छुट्टै लिखत खडा गरि त्यस्तो शेषपछिको बकसपत्र संशोधन वा रद्द गराउनु पर्नेछ ।
(३) शेषपछिको बकसपत्र रद्द वा संशोधन गर्ने लिखत गराउँदा
शेषपछिको बकसपत्र गराउँदाको कार्यबिधी अबलम्बन गर्नुपर्ने छ ।
(४) कसैले एकपटक शेषपछिको बकसपत्र गरिदिएको कुनै सम्पत्ति यस दफा बमोजिम शेषपछिको बकसपत्र रद्द नगराई सोही सम्पत्ति अर्को ब्यक्तिलाई शेषपछिको बकसपत्र गरि दिन सक्ने छैन ।
(५) उपदफा (४) को प्रतिकुल हुनेगरी शेषपछिको बकसपत्र भएकोमा पहिले गरेको शेषपछिको बकसपत्र स्वत्ः मान्य हुनेछ ।
– शेषपछिको बकसपत्र बमोजिमको सम्पत्ति प्राप्त नगर्ने ः  शेषपछिको बकसपत्र प्रभावकारी नहुंदै त्यस्तो शेषपछिको बकसपत्र पाउनेले शेषपछिको बकसपत्र दिने ब्यक्तिका विरूद्ध कुनै फौजदारी कसुर गरेको ठहरेमा निजले शेषपछिको बकसपत्र बमोजिम सम्पत्ति प्राप्त गर्न सक्ने छैन।
– हदम्याद ः यश परिच्छेदमा नालिस गर्ने सम्बन्धमा छुट्टै हदम्याद तोकिएकोमा सोही बमोजिम आफुले दान वा बकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले र दिन नहुने दान वा बकस दिएकोमा पाउनेको हक पुगी भोग चलन गरेको मितिले दुई वर्षभित्र तथा अन्य अवस्थामा यस परिच्छेद बमोजिम भए गरेको काम , कारबाहीबाट मर्का पर्ने ब्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मितिले एक बर्ष भित्र नालिस गर्न सक्नेछ ।