Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

एमाले नारा लाउदै, दर्शक बन्यो

१६ सोमबार , फाल्गुण २०७८३ बर्ष अगाडि

काठमाडौं । व्याख्यात्मक टिप्पणीमा बहस भइरह्यो, एमसिसी पारित गर्न प्रस्ताव आयो, हुन्छ र हुन्न भन्ने ध्वनीमतको प्रक्रिया सुरू भयो । तर एमालेले फागुन १५ गते एमसिसी प्रस्ताव पारित भएर गठबन्धनले खुशी साटासाट गरेसम्मका ‘फूल मुवी’ हेरिरहे । कहिले चर्का नारा लगाइरहे, कहिले चुपचाप टेबुलमा अडेस लागेर बसिरहे । समष्टिमा संसदको ठूलो दल, सरकारको प्रतिपक्ष तमासेमा सिमति भयो ।
एमाले भनिरहेछ– सभामुख विभेदकारी भए । नेकपा स का १४ सांसदमाथि कारबाही हुनुपर्ने वा सभामुखले राजीनाम ादिनुपर्ने माग गरिरह्यो ।
गठबन्धन भत्काउने एमालेको सम्पूर्ण प्रयास पानी पानी भयो । व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने कम्युनिष्टहरूको निर्णयले गठबन्धन बच्यो, बचेको गठबन्धन अब कसरी अघि बढ्ने हो, त्यो भने उत्सुकताको विषय बनेको छ ।