Advertisement Banner
Advertisement Banner

१७ बुधबार, असार २०८३20th June 2026, 4:50:23 am

आन्दोलनको घोषणा

१६ सोमबार , फाल्गुण २०७८४ बर्ष अगाडि

काठमाडौं । एमसिसीको विरूद्धमा छेडिएको आन्दोलन एमसिसी पास गर्न रोक्न सकेन । कम्युनिष्टकै सहयोगमा कांगे्रसले एमसिसी पारित गराइछाड्यो । एमसिसी पारित भएपछि पनि आन्दोलन चर्काउन कम्युनिष्टहरू तातेका छन् । अन्य समूह पनि १८ गते ठूलै सडक आन्दोलन गर्ने तैयारीमा जुटेका छन् । विश्लेषक भन्छन्– सत्तारूढ कम्युनिष्टको आन्दोलन चुनाव लक्षित हुनेछ । अन्यको वर्चस्वका लागि हुनेछ ।
संसदबाट एमसिसी पास भएपछि आधारातमै नेकपा विप्लव, नेकपा मसाल मोहन विक्रम, नेकपा क्रान्तिकारी माओवादी मोहन वैद्य, राष्ट्रिय जनमोर्चा चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चा सीपी गजुरेल, नेकपा ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी आहुती, नेकपा माओवादी समाजवादी कर्णजीत बुढाथोकीले संयुक्त विञप्ति निकालेर १६ गते नेपाल बन्दको आह्वान गरे । राष्ट्रघातीहरूले एमसिसी पास गरेको आरोप लगाएका छन् । संशोधन बिना पास गर्नै सकिदैन भन्ने माओवादी केन्द्र र नेकपा स को सडक, संसद र सरकारमा गरेको बिरोध अर्थहीन प्रमाणित भएको छ । राजनीतिमा सत्ताभन्दा महत्व केही रहेनछ । प्रचण्ड र माधव नेपालले सत्ता र शक्तिका लागि यसरी कांग्रेससँग लम्पसार नै पर्छन् भन्ने अनुमान कसैले पनि गरेका थिएनन् । जे भयो, सबैको असली अनुहार सबैले देख्नपाए ।