प्रजातन्त्र दिवसको सनदर्भमा हामी सर्वप्रथम प्रजातन्त्रका निम्ति उद्दत रहेन पुज्यजिजुबुवा राष्ट्रपिता श्री ५ त्रिभुवनसहित प्रजातन्त्रका निम्त त्याग, उत्सर्ग र योगदान गर्ने सबैको स्मरण गर्न चाहन्छौं ।
जनताद्वारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सुप्रबन्ध नै सही प्रजातान्त्रिक प्रणाली हो । राष्ट्रियता बिनाको प्रजातन्त्र, आकाशमा महल बनाएजस्तो हुन्छ । न त्यो कसैको सुरक्षाको कवच, न त्यो कसैको न्यायको छाता बन्न सक्छ ।
राष्ट्र र राष्ट्रियतासहितको प्रजातन्त्रका लागि जनता र राजा सधैँ एक रही आएको र रही रहने छन् । प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पु¥याएको र जनतालाई निराशाको दहमा डुबाउँदै लगेको महसुस हुँदै आएको छ । यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तनयोग्य छ भन्ने बारेमा समीक्षा गर्न अब हामी सबै नेपाली तयार हुनुपर्छ ।
प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन । त्यो व्यवस्था त आप्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो । अरूले ओढाइदिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन । जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन । प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैन । त्यो स्वतः स्फूर्त एवं लोकसम्मत हुन्छ र हुनुपर्छ । अलमलिएको सरकार, भत्किएको संसद्, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्यूहले प्रजातन्त्रलाई कता पु¥याइरहेको छ, विचारणीय प्रश्न छ ।
आजको यो ऐतिहासिक दिनमा जनताले अपेक्षा गरेको, रोजे खोजेको सही शासन पद्धति र विधि विधानमा लाग्न सबैको ध्यान जाओस्, यही हाम्रो कामना छ ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् । जय नेपाल ।
पूर्वराजा ज्ञानेन्द्र शाहले ७२औँ प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देश ।