Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

समस्याको एकमात्र ओखती राजसंस्था

०९ सोमबार , फाल्गुण २०७८३ बर्ष अगाडि

स्वयम्भुनाथ कार्की - -
पञ्चायतको समाप्ती पछि त्यसले भोग गरेको अवधिको भन्दा धेरै भयो बहुदलीय प्रजातन्त्र भोगेको । अभैm कम समय भनेर बहाना बनाईदैछ । यो अवधिमा बहुदलीय प्रजातन्त्रका संभव भएजति सबै रूपहरू अपनाईए । संवैधानिक राजतन्त्र हुँदै संविधान अनुसार स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणन्त्रात्मक राज्य भएको छ । विश्वमा सबैभन्दा महंगो मूल्य चुकाएर निर्माण भई लागू भएको संविधानले पनि झन अन्यौल थपेको छ । यो ‘नाच्न नजान्दाको टेढो आँगन हो ।’ एक वाक्यको भए पनि संविधान जारी गर्नै पर्छ भनेर बाबुरामले संविधानसभा मै बोलेको अभिलेखमा हुँदै होला ।  ३ सय ८ धारा र ९ अनुसूचीको संविधान जारी भए पनि मुलुक झनझन  भड्खालोमा जाकिदैछ ।
यो करिव तीन दशकमा अनेकौ तरिकाले, अनेकौ समिकरण बनाएर बुताले भ्याएसम्मको राजनैतिक प्रयोग भइसक्यो । ०६३ मा राजाले खाली गर्ने वित्तिकै नारायणहिटी जिम्मा लगाएका मधेशका ‘मसिहा’ भनाइने दलहरू पनि लगातार सत्ताको हिस्सेदार भएका नै छन् । अझ राजासहितको प्रजातन्त्रको भन्ने कमल थापा समेत सत्तामा पुगिसकेको अवस्था छ । आपूmले लिएको भनिएको सबै सिद्धान्तको प्रतिकूल आएको संविधानको मुक्तकण्ठले प्रशंसा गरेर सत्ता फकाउनु ‘कथा’को जपना भएको छ । हुँदाहुँदा उनले राप्रपा नेपाल नै राप्रपामा विलय गराए जुन बुँदामा नमिलेर छुट्टिएको थियो त्यो नै उधारोमा राखेर । महाधिवेशनमा भएको प्राविधिक हारको दोष राजालाई लगाएका छन् । २ सय मतले हारेका कमल थापाको ४सय रद्दमतमा साढे ३ सय मत थियो भन्ने कुरा गणनामा बस्नेहरूले चुहाउदैछन । 
महिनौ मुलुकका सर्वसाधारणलाई नरकजस्तै कष्ट भोग्न बाध्य गराउने यी ‘मसिह’ र त्यो कष्ट एकरत्ति पनि कम गर्न अक्षम नेपालका प्रमुख दलहरू सबै कुरा अरूको टाउकोमा हालेर ‘पानी माथिको ओभानो’ बन्दैछन । यस्तो परिस्थितिमा ‘सिके’हरू चम्कनु स्वभाविक नै हो । बंगला भाषामा राष्ट्रियलाई जातिय भनिन्छ भन्दैमा अरू भाषामा पनि जाति भनेको राष्ट्र हो भन्ने परिभाषा यीनै दलहरूका बुद्धिजीविहरूले गरेका छन् ।  राष्ट्र र राष्ट्रियता अलग अलग कुरा हुन भन्ने परिभाषा कोच्याए पछि ढिलो वा छिटो राष्ट्र विखण्डन हुन्छ नै । यहि आपैmले निम्त्याएको कुराले खतरा देखेपछि जीवनभर घारेहात लगाएर गाली गरेको ‘राष्ट्रवाद’को दौराको फेर समातेर भविष्यले देशघाती नभनोस् भन्ने प्रयत्न गर्दैछन् । हिन्दु अधिराज्य र हिन्दु राष्ट्रमा आकाशपातालको फरक छ । हिन्दु अधिराज्य भनेको परम्पराको साथै मुलुकको स्वाभिमानी अस्तित्वको निरन्तरता हो, धर्मलाई राजनीतिमा मुछ्ने वर्तमान निरपेक्षको प्रतिबिष हो । हिन्दु राष्ट्र भनेको धर्मको नाममा भारतका पिठाधीशहरूको नियन्त्रणमा मुलुक सुम्पने कुचेष्टा हो । यो सुनौला मौकामा सरदार पटेलले भारतीय संघमा जोड्न नसकेको राष्ट्र हिन्दु गणतन्त्रको नाममा भारतले आफ्नो पोल्टामा पर्ने संभावनालाई हावा दिनु अस्वभाविक हैन । यसैले विभिन्न भारतीय राजनैतिक, धार्मिक व्यक्तित्वहरू हिन्दुराष्ट्रको पक्षमा बोल्दैछन् । 
सनातनी परम्परा अपभ्रंश भएर आएको हिन्दु शव्द टेकेर आफ्नै  अस्तित्वलाई धारेहात लगाउन उद्धत पिढी यहि राजनीतिको सत्तामा टाँसिईरहने छलकपट विद्याको उपज हो । त्यसमा सनातनी परंपरा मध्येका केही सम्प्रदायका धर्मगुरूहरूले दिएको ‘हिन्दुराष्ट्र’को नारा प्रियकर लाग्नु स्वभाविक नै हो । सनातनी चिनारी मेटिएको वेलामा हिन्दु नामले नै किन नहोस् परम्पराको चिनारी कायम रहोस् भन्ने चाहना हो । यसको दुरूपयोग गर्दै हिन्दु गणतन्त्रको नाममा मुलुक नै भारतीय धर्मगुुरूको जिम्मा दिन सकिन्छ कि भनेर कसैले मुख मिठ्याएको हुनसक्छ । 
पृथ्वीनारायण शाहले नेपाल निर्माण गरेका भन्दा नेपालको एकिकरण गरेका हुन् । विभिन्न कालखण्डमा विभिन्न तरिकाले टुक्रा हुन पुगेको नेपाललाई एकिकरण गरिएको हो । यदि विजित मुलुकलाई गोर्खामा मिसाएको भए त्यसलाई राज्य विस्तार मान्न सकिन्थ्यो । काठमाण्डौलाई आफ्नो इच्छा विपरित  राजधानी कायम गरेर प्राचिन नेपाललाई सम्मान गरेका थिए । झण्डा लिच्छवीकालीन झण्डाबाट नै कायम गरे जसको नमुना चाँगुनारायण मन्दिरमा छ । प्राचिनदेखि हालसम्म नेपालको गौरव र जनताको हित भएको कार्यकाल राजाहरूको प्रत्यक्ष शासन काल नै छ ।
 आलंकारिक राजा, अमात्य वा प्रधानहरूको नियन्त्रणमा भएका लालमोहर मात्र लगाउने राजा, शिशु राजा सातसाल भन्दा पहिले नै भोगिसकेको छ । संवैधानिक भनेर राजनैतिक दलहरूको अधिनमा र अहिले गणतन्त्र पनि भोग्दैछ । गणतन्त्रको हियामती नै विभिन्न समस्या रहेको कुरा स्विकार गर्न बाध्य भएका छन् । नामै सुन्दा पनि सुनपानी छर्कनु पर्ने मनस्थिति भएकाहरू पनि राजा महेन्द्रको कार्यकाल सम्झन पुग्दैछन् । अलग अलग समस्याको अलग अलग हल गर्ने प्रयत्नमा सबै छन् । तर एक समस्या हल भै नसक्दै अर्को समस्याले टाउको उठाउन पुग्दैछ । भनिन्छ हात्तीको पाइलाको डोव अटाउने ठाउँमा सबैको पाईलाको डोव अटाउँछ । यस्तै सबै समस्याको एकमुष्ट हल राजसंस्था पुनर्वहाली मात्र हो ।