काठमाडौं । कुटनीति दुर्घटनामा परेपछि प्रश्न उठेको छ, कूटनीति बिग्रिएको हो कि राजनीतिले गति छाडेको हो ?
नेपालको सन्दर्भमा हरेकले भनिरहेका छन्, नेपालमा राजनीतिज्ञहरूले गति छाडे । आश्चर्य त के छ भने यही गतिछाडा राजनीतिले कूटनीति चलाइरहेको छ ।
सबै नीतिमा अगुवा राजनीति, राजनीति नै गतिछाडा भएपछि कूटनीतिमा मुलुक चिप्लिनु ठूलो कुरा होइन । आज विश्वभरि नेपालको चर्चा छ । कुनै दिन नेपालले के भन्छ भनेर कान ठाडो पारेर बस्ने भारत यतिबेला कान थुनेर बसेको छ, चीन र अमेरिका आमने सामने भएका छन्, असंलग्न नेपालको भाग्य र भविष्यलाइृ वामपन्थले सखाप पारिदिए । प्रजातन्त्रले राष्ट्रवाद बोक्न सकेन भनिदैछ ।