अधिवक्ता गंगा दहाल – -
मानव बेचबिखन भन्नाले कसैले कुनै मानिस लाई स्वार्थका लागी मानव जिवनलाई निजको इच्छा बिपरित गलत आस्वासनमामा, प्रलोभनमा पारी झुक्याई डर त्रास वा दवावमा पारी बल प्रयोग गरि वा नगरी बिक्री गर्ने उदेश्यले देश भित्र वा बाहिर एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा लगी बिक्री गर्ने अन्य कुनै तरिकाले वेश्यावृत्तिमा लगाउने कार्यलाई जनाउछ ।मानव बेचबिखन तथा ओसारपसार महिला माथी हुने गम्भीर प्रकारको हिंसाको रूप हो।नेपालको कानुनले मानव बेचबिखन ओसारपसारलाई दण्दनिय गम्भीर अपराध मानेको छ ।
शुरूमा महिलालाई यौन शोषणका लागी किनबेच गर्ने प्रक्रियालाई मात्र मानव बेचबिखनले समेट्न खोजेको देखिन्छ भने बर्तमान समयमा यस लगायत मानव शरीरको कुनै पनि प्रकारको दुरूपयोगलाई मानव बेचबिखनले समेट्दछ ।
निम्न कार्य गरे वा गराएमा मानव बेचबिखन र ओसारपसार गरेको मानिने ब्यवस्था छ ।
– कुनै उदेश्यले मानिस बेच्ने वा किन्ने,
ण्ज्ञछण्कुनै फाइदा लिई वा नलिई बेश्याबृत्तिमा लगाउने वा यौन शोषण गर्नु वा गर्न लगाउनु,
– कानुन बमोजिम बाहेक मानिसको अंग प्रलोभनमा पारी निकाल्नु वा बिक्री गर्नु,
– कुनै काम लगाईदिने आश्वासनले अन्तै लगी पुर्वनिर्धारित कार्य नगराउनु र तोकिएको सेवा सुबिधा नदिनु,
– मानिसलाई कुनै रकम लिई दास बनाउनु वा शोषणयुक्त काममालगाउनु ,
– किन्ने बेच्ने उदेश्यले मानिसलाई बिदेशमा लैजाने ,
– बेश्याबृत्ती वा शोषण गर्ने उदेश्यले ( फकाई, प्रलोभननमा पारी, करकाप, धम्की दिई) कुनै ठाउँमा लैजाने कार्य ।
उजुरी गर्ने निकाय ः–
मानव बेचबिखन तथा ओसारपसारसँग संम्बधित अपराधको उजुरी प्रहरी कार्यालयमा दिनु पर्दछ ।
दण्ड कसजाय तथा क्षतिपूर्ति सम्बन्धि ब्यवस्था ः–
– मानिस किन्ने ,बेच्नेलाई बीस वर्ष कैद र दुई लाख जरिवाना ।
– बेश्याबृत्ती गराउनेलाई दस वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजारदेखि एक लाख रूपैयाँ जरिवाना ।
– कानुन बिपरित मानव अंग झिक्नेलाई दस वर्ष कैद र दुई लाख देखी पाँच लाख रूपैयाँसम्म जरिवाना ।
– किन्ने बेच्ने वा बेश्याबृतिमा लगाउने उदेश्यले मानिसलाई बिदेश जैजानेलाई १० देखी १५ वर्ष कैद ५ हजारदेखी १ लाख रूपैयाँसम्म जरिवाना तर बालबालिका लगेको भए १५ देखी २० बर्ष कैद र १ देखी २ लाख रूपैयाँ जरिवाना हुने प्रावधान रहेको छ ।
नेपाल भित्र उपरोक्त कसुर गर्नेलाई १० वर्ष कैद र ५० हजार देखी १ लाख रूपैयाँसम्म जरिवाना बालबालिका भए १२ वर्ष कैद र १ लाख देखी २ लाख रूपैयाँसम्म जरिवाना हुने ब्यवस्था रहेको छ ।
यस्ता कुनै पनि कसुर गर्ने दुरूत्साहन, षड्यन्त्र वा उद्योग गर्नेलाई कसुरदारको आधा सजाय हुनेछ ।
– किन्ने बेच्ने ब्यक्ति र फाइदा लिई वा नलिई बेश्याबृत्तिमा लगाउने ब्यक्ति एउटै भएमा निजलाई किन्ने बेच्नेकोमा छुट्टै र वेश्याबृत्ती गराए बापत छुट्टै सजाय हुनेछ ।
– आफुलाई किन्ने,बेच्ने वेश्यावृत्ति गराउने क्रममा भाग्न, उम्किन ,जोगिन खोज्दा बाधा गर्ने, जोरजुलम गर्ने ब्यक्तिको ज्यान गएमा त्यस्तो ब्यक्तिलाई सजाय नहुने ब्यवस्था रहेको छ
क्षतिपूर्तिसम्बन्धि ब्यवस्थाः–
– अदालतले कसुरदारलाई भएको जरिवानाको पचास प्रतिशत निजबाट पीडितलाई क्षतिपूर्ति भराईदिनु पर्नेछ ।
६ महिनामा सा“ढे ९ अर्व बा“डियो
काठमाडौं । यसलाई भनिन्छ लूटको धन फूपुको श्राद्ध । जनता कर तिर्ने, सरकार राजनीतिक लाभका लागि नेताहरूलाई आर्थिक सहायताका नाममा लुटाउने । साउनदेखि पुससम्मको ६ महिनामा गृह मन्त्रालयबाट सरकारले ९ करोड ५५ लाख २० हजार पार्टीका नेता कार्यकर्तालाई बाँडिएको एक अधिकारीले बताएका छन् । कसकसले लिए आर्थिक सहायता ? यसबारेमा गृह बताउन चाहदैन ।
राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तिलाई निर्धारित सहयोग गर्न सकिने कार्यविधि भए पनि सरकारले राजनीतिक दबाब, प्रभाव र लाभ हेरेर नियम मिच्दै यसरी राज्यकोषको दोहन गरिरहँदा कुनै नागरिक समाज, बुद्धिजीवी, कानुनविदहरू समेत चूपचाप हनु आश्चर्य मानिएको छ ।