Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

जनमतको दुरुपयोग रोकौं

०२ सोमबार , फाल्गुण २०७८३ बर्ष अगाडि

देवी काफ्ले– -
चुनावको रौनक बढिसक्यो ।अब उमेदवारहरूको चुनावी बजारमा बोकाको जस्तो  खरिदबिक्री शुरू हुनेछ । आस्थाको राजनीति गर्नेहरू पाखा लाग्नेछन् । नेतृत्व तहले निष्पक्ष उमेदवार छान्न सक्ने छैन । आस्था र पैसाको तराजुमा पैसाको वजन बढि हुनेछ । निर्वाचन आयोग आचारसंहिताको अचारको पित्को फ्याँकेर ढुस्स कालो चश्मा लगाएर हिमालका टाकुरातिर नाक फर्काएर बस्नेछ । आमनागरिकको भोटको मूल्य बंगुर, रांगाभैंसी, कुखुरा, खसिबोकाको मासु र खोयाबिर्के, लोकल, कस, बियर, वाइन, ओडी, रेडलेवलमा साटिने छन् । आमनागरिकलाई भाषणका ललिपप टन्न दियर सगरमाथा चढाइने छ । ताकि भोलि आवाज उठाउन नसकुन् ।
पेट्रोलियम पदार्थको मूल्य बढेर के भो?अब हुलका हुल बेरोजगारहरू मोटरसाइकल, जीप, कार भ्यान बेझिझक सडकमा कुद्नेछन् । गाउँ धुलाम्मे बनाउने छन् ।सकेको पैसाको खोलो बगाईने छ ।गाउँ, शहर, पार्टी प्यालेस, ब्याङ्केट स्तर अनुसारका भोजले ब्यस्त हुनेछन् । छिमेकी छिमेकी बिचमा कटाक्ष हुनेछ ।
ब्यानर, पम्पलेट, झण्डा, ध्वजा पताकाले शहर, बाटोघाटो, गाउँ दुलही जस्तै सिंगारिने छन् । आमसभा र कोणसभाले टोलटोल गुन्जायमान हुनेछ । गाडीहरूका लावालश्कर लाग्नेछन् । आखिर यही त हामीकहाँ हुने चुनावको परिदृश्य ।
नागरिकले खसालेको मतको चरम दुरूपयोग हुनेछ । शक्तिको प्रदर्शन हुनेछ ।कौरवहरूको बिगबिगी बढ्नेछ ।
नेपाली जनताले यो भन्दा फरक चुनाव कहिले देख्न पाए र?अब पाउलान् भन्ने आशा गर्नु ?
ईमानदार, जनसेवी जनप्रतिनिधिको कल्पना गरेर आफ्नो अमूल्य मत दिन्छन् । स्वच्छ चुनावी प्रतिष्प्रधा नहुँदा त्यो कल्पना मात्रै रहन्छ ।चुनावमा खर्च गरेको पैसा उठाउनै पर्यो भ्रष्टाचार नगरे कसरी उठ्छ त त्यो पैसा ?
यहाँ पद धारण गरिसकेपछि उसको काम ,ब्यावहार ठिक भयन,देश र जनताको हितमा भएन भने त्यो उमेदवार फिर्ता गर्ने र जनताले अर्को रोज्न पाउने सिष्टम भइदिएको भए सायद सबै भ्रष्ट हुने थिएनन् होला ।
जतिपल्ट चुनाव भएर जनताका छोराछोरी नेतृत्वमा पुगे पनि,लोकतान्त्रिक अभ्यास नपुगेका कारण होला उनीहरूमा हैकमवादी ब्यावहार हावी छ ।
हिजो झुप्रामा बसेका, बिकटका,औषधीको नाममा सिटामोल नपाएका ती निरीह जनताको चोला अझै फेरिएको छैन । फेरिएको छ त केवल नेताको, उनिहरूका शुम्भनिशुम्भ, शण्डमुण्डहरूको मात्रै । चुनाव चाड र कमाउने सिजनको रूपमा प्रयोग उनै शण्डमुण्डहरूले मात्रै हो । आमनागरिकलाई जहिले पनि लोभलालच देखाएर भोट तान्ने त्यसपछि दुधको तरमा लागेको माखा फालेजस्तो फाल्ने प्रबृत्ति का कारण जनताको चोला फेरिएन ।
जनता पनि उस्तै मूर्ख बनेका कारण पनि चुनाव खर्चिलो र घिनलाग्दो बन्दैछ । आफ्नो अमूल्य भोटको दुरूपयोग हुनेगरी भोजभतेरको मासुको झोलसँग पटक पटक साटेपछि चोला फेरिन्छ त ? आफ्ना क्षेत्रमा उठेका उमेदवारहरूलाई खबरदारी गर्ने पैसामा नबिक्ने मेरो भोट मेरो अधिकार भनेर अडिग रहिदिने  हो भने नेतृत्व सुध्रिन कर लाग्छ ।
आज बिकसित मुलुकमा चुनाव कसरी भएका छन् हेर्नुपर्छ र यहाँ पनि बिद्धुतिय पद्धतिबाट भोटिङ सिष्टम चलाउने हो भने चुनावको फजुल खर्चमा कटौती हुने थियो । नजिकिदै गरेको चुनावमा होसियार बनौ है नेपाली जनता । किनकी यो चुनावमा हुने खर्चमा तपाईं हाम्रो पसिना र खुन छ ।