निजामती कर्मचारीमा राजनीति राजनीतिको कुरूप दृश्य हो यो । कस्तो महामारी फैलिइसक्यो, कसरी सुशासन आउँछ ?
६ जना बरिष्ठलाई पन्छाएर शक्तिकै आडमा नागरिक उड्डयन प्राधिकरणको प्रमुख बनेका प्रदी अधिकारी हुन् यी ।
काविल होलान्, सरकारले काविलको कदर गरेको पनि होला तर यस्तो कुसंस्कार कर्मचारीमा पस्नुलाई कसैले पनि उचित मान्न सकेनन् ।
बधाई दिनुपछृ, एउटा राष्ट्रसेवकलाई नियुक्ती पाउनासाथ यसरी जिम्मेवारी र जवाफदेही लिदै नलिइकनै मालाले पुर्ने यो कस्तो बधाई हो ?
कर्मचारीको नियुक्ती, सरूवा, बढुवामा यसखालको कुसंस्कार पस्नु भनेकै अपराधिकरण र अनुचित हो । सुशासन दिन्छु भन्ने, यस्तो संस्कृतिले कर्मचारीको काविलियत होइन, राजनीतिक शक्ति कति रहेछ, उनको शक्तिको प्रभाव देखिन्छ । यसरी राजनीतिक शक्तिको प्रदर्शन गर्ने प्रशासकले सुशासनका लागि भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता अपनाउला ? विश्वास गर्न सकिन्छ ?