Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

आवश्यक्ता परे त्यो आन्दोलनलाई साथ दिन हामी नारा जुलुस सहित काठमाण्डौं पुग्न सक्न

१६ बुधबार , भाद्र २०७२१० बर्ष अगाडि

भरत,देहली १६ भदौ । नेपाल हिन्दु जारण सभाले काठमाण्डौंको खुल्ला मंञ्चमा भदौ १५ तारिख देखि सुरु गरेको आमरण अनसशलाई (हिन्दुराष्ट्र लाओ नेपाल बचाओ ) अभियानका संयोजक र्इं. विष्णु प्रसाद बरालले समर्थन जनाएका छन् । गत आईतबार भारतको दिल्ली स्थित जन्तरमन्तर मा नेपाल हिन्दु राष्ट्र घोषणाको लागि एसपी मेमोरियल शिक्षा संस्थानको झण्डा मुनि वृह्त प्रदर्शन भएको थियो । सो कार्यव्रmमको सफलता पश्चात चर्चीत बनेको (हिन्दुराष्ट्र लाओ नेपाल बचाओ ) अभियानका संयोजक बरालले सोमबार अचार्य बालकृष्णसँग भेटेका थिए । भेटमा आचार्यले बरालद्वारा नेतृत्व भएको अभियानलाई आफ्नो पूर्ण समर्थन दिएका छन् । नेपाल हिन्दु जारण सभाले सुरु गरेको आमरण अनसशलाई समर्थन दिँदै बरालले पे्रस विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्तिमा भनिएको छ ‘हामी हाम्रो पहिचान जोगाउने लडाईमा छा’ैं, सबैको एकजुटताले सफल हुनेमा विश्वास व्यक्त गर्दै एक जुट हुन सबैलाई विज्ञप्तिमा आग्रह पनि गरेको छ । हिन्दु जागरण महासभाले हिन्दुराष्ट्र नेपालको लागि गरेको आमरण अनशनमा प्रवासको क्षेत्र दिल्लीबाट (हिन्दुराष्ट्र लाओ नेपाल बचाओ ) अभियानका संयोजक बरालले आफ्नो र आफ्नो संगठनको पूर्ण समर्थन रहेको बताएका बताउदै आवश्यक्ता परे त्यो आन्दोलनलाई साथ दिन हामी नारा जुलुस सहित काठमाण्डौं पुग्न सक्नेछौं विज्ञप्तिमा उल्लेख गरीएको छ । भरखर्र ठूलो रुपमा भारतको दिल्लीमा नेपाल हिन्दु राष्ट्र घोषणाको लागि ई. बरालकै अगुवाईमा एसपी मेमोरियल शिक्षा संस्थानको झण्डा मुनि वृह्त प्रदर्शन भएको छ ।