Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

पहिले आरोप ? अहिले त आफ्नै सरकार छ त

१७ सोमबार , माघ २०७८३ बर्ष अगाडि

देवप्रसाद गुरूङ- नेता, माओवादी केन्द्र - - - -
द्वन्दकालीन मुद्वाहरूको फिर्ता, विद्रोही पक्षले तत्कालै पूर्णतः लागु गरेता पनि राज्यपक्षबाट अहिलेसम्म बिल्कुलै कार्यान्वयन गरिएको छैन । कार्यान्वयन नहुने मात्र होईन ती मुद्दाहरूलाई सत्यनिरूपण मेलमिलाप आयोगमा पठाएर मेलमिलाप गर्न नदिई अदालतहरूमा नै यथावत राखिरहेको छ । विदेशी शक्ति केन्द्रहरूको उक्सावटमा माओवादी नेताहरू विरूद्व ती मुद्दाहरू कृयाशील गराई जेल हाल्ने षडयन्त्रमुलक कसरतहरू पनि पटक–पटक पर्दा पछाडी चल्ने गरिरहेको यथार्थता कसैबाट छिपेको छैन । बेपत्ता नागरिकहरूको खोजी त्यति कै छ । बेपत्ता तथा शहीद परिवार र घाईते–अपाङ्गहरू झन् बिचल्ली छन् । यी सबै तथ्यहरूलाई हेर्दा वर्तमान राज्य पक्षबाट बृहत शान्ति सम्झौतालाई उपेक्षा मात्र होईन, कतै नेपालमा शान्ति देख्न नचाहने र अस्थिरता र अराजकता मच्चाएर नेपालको राष्ट्रिय अस्मितालाई कुण्ठित गर्न चाहाने विदेशी शक्ति केन्द्रहरूको उक्सावटमा बृहत शान्ति सँझौतालाई उल्ट्याउने दिशातर्फ त षडयन्त्रहरू भईरहेको छैन ? गम्भिर रूपमा प्रश्नहरू उठिरहेका छन् ।
(डाँफे टीभीमार्फत तत्कालीन ओली सरकारलाई यस्तो आरोप लगाएका थिए देवप्रसाद गुरूङ्ले । अहिले म प्रधानमन्त्री होइन, प्रधानमन्त्रीभन्दा कम छैन भन्ने प्रचण्डको हालीमुहाली सरकार छ । यस्तो आरोपको निराकरण गरे त भइहाल्यो नि ।)