दिनमा ७० पल्ट बत्ती जाने आउने गरिरहन्छ । यो लोडसेडिङ् होइन तर बत्ती आउने जाने समस्या किन आइरहेको छ, कारण के हो, सक्षम भनिएका कुलमान घिसिङ्ले जनतालाई स्पष्ट पार्न जरूरी छ । जनतालाई जवाफ दिनैपर्छ ।
किनकि बेला बेलामा लो भोल्टेज, हाइभोल्टेज आउने जाने गरिरहन्छ । हाम्रा घरमा भएका विजुली जोडिएका टीभी, फ्रिज, कम्प्युटरलगायतका सामानहरू सखाप भइसक्यो । विद्युत प्राधिकरणले पठाएको हाई भोल्टेजले जनतालाई ठूलै हानी नोक्सनी र जोखिम बढाइरहेको छ । यो नोक्सानी रआतङ्कको क्षतिपूर्ति प्राधिकरणले दिनुपर्ने हो कि होइन ? कुलमान घिसिङ्का पक्षमा आमजनमत थियो, उनीजस्ता सक्षमहरूको खोजी हुनुपर्छ र जिम्मेवारी दिनुपर्छ भनेकै हो । क्षमता यही हो त ?