Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

राजेन्द्र बन्ने कि राजा, आफै निर्णय गरून्

१० सोमबार , माघ २०७८३ बर्ष अगाडि

स्वयम्भुनाथ कार्की - - - -
गोरर्खालीहरूको काठमाण्डौमा विजयलाई वर्तमान नेपालको शुरूवात मान्ने गरिन्छ । राजतन्त्रको कालखण्डमा राम्रा काम हुन नसकेको भन्ने प्रायोजित हल्ला मच्चाउने रोजगारी आकर्षक छ ।  नराम्रो कामको दोष शाहवंशलाई दिए पनि राम्रो कामको जस भने अरूको भाग लगाउनेहरू छन् ।
यो दुष्प्रयासलाई राजा वीरेन्द्रको शासनकालदेखि पुनःस्र्थापना भएको दरवार बरिपरीको प्रभावशालीहरूको पर्खालले मलजल गरेको थियो । यो ती प्रभावशालीहरूको राजालाई घुक्र्याउने हतियार बन्यो । रणबहादुर शाहको पालादेखि बन्न शुरू भएको यो पर्खालले गर्दा  इतिहासमा हमेशा दाग लगाउने काम ग¥यो । यसलाई राजा त्रिभुवनले केही भत्काउन खोजेका थिए अनि राजा महेन्द्रले करिव करिव ध्यस्त पारेका थिए । वेलाईतमा काम केही गर्न नपर्ने केवल मान र खर्च पाउने राजसंस्था देख्दा त्यस्तै बन्न खोज्ने प्रयत्नले आफ्ना बुबाज्यूले ध्वस्त पारेको जनता र राजा बीचको पर्खाल फेरी खडा हुन गयो ।
बडामहाराज पृथ्विनारायण शाहले काठमाण्डौ जिते । काठमाण्डौमा राजसुख भोगेर बस्न भन्दा नेपालको विस्तार गर्ने योजना र कार्य गरेर नुवाकोटमा ब्यस्त हुँदैमा अर्को ६ बर्ष बित्यो । त्यस पछि उनको छोरा प्रताप सिंहले राज्यरोहणको २ बर्ष मै कलिलै उमेरमा देहत्याग गरे । यस पछि नेपालमा शिशुराजाको परंपरा शुरू भयो । यो शिशुराजाको परम्पराले गर्दा राजाको वरिपरि भारदार, नातेदार, प्रभावशालीहरूको पर्खाल बन्यो । २ बर्षका राजा रणबहादुर शाहको नायबीको दावीमा देबर भाउज्यूको कलह शुरू भयो । यो कलहले बहादुर शाह जस्ता वीर पुत्र तथा समर्थवान राजपुरूष नेपालले गुमाउन पुग्यो । यस पछिका दिनमा त नेपालमा राजाको भन्दा रानीको हालीमुहाली चल्ने अनि रानी रिझाउन मनपरि गर्ने प्रभावशालीले जहाँनिया शासन नै स्थापना गरे । जो राजा त्रिभुवनको राज्यकालको उत्तरार्धसम्म कायम रह्यो । सन १७७७ मा दुईबर्षे रणबहादुर शाह गद्दीमा बसेको समयदेखि शुरू भएको थपनाको राजाको युग राजा महेन्द्रले सन १९५५ तिर करिव १८६ बर्ष पछि तोडे । यो समयमा १०४ बर्ष राणाहरूले एकलौटी पर्खालको भूमिका निर्वाह गरे पनि बाँकी रानीहरू, भारदार, खलक र केही हिस्सा राजनीतिकर्मीको भागमा पनि पर्छ । 
सन १९७६ (२०३२ विसं) तिरबाट इतर र भितरमा वाड्ने काम शुरू भयो । महेन्द्रले भत्काएको राजा र जनता विचको पर्खाल फेरी अझ मजवुत भएर आयो । चाटुकारले घेरिएको दरवारले आपूmलाई माया तथा सम्मान गर्ने जनताको झल्कोसम्म देख्न पाएन ।यो परिस्थिति यत्तिसम्म खराव भयो कि झण्डै राजा त्रिभुवनको शाखा सन्तान नै समाप्त भएको थियो । 
यस अबस्थामा परिवार समाप्तीको पिडामा केहीले लगाएको लान्छना समेत थपेर राजा ज्ञानेन्द्र सत्तामा बसे । त्यसवेला सर्वसाधारणले जस्तै सामाजिक जीवन शुरू गरिसकेका राजा ज्ञानेन्द्रले त यो पर्खाल छिचोल्लान भन्ने आशा गरेका थिए । केही त्यस्ता लक्षण नदेखिएका पनि होईनन् । तर केही समय शिथिल भएर ढल्ला कि भने जस्तो भएको पर्खाल अझ मजवुत भएर आयो । पर्खाल पारीका जनताको ईच्छा चाहनाको गलत अर्थ लगाईयो र एक्काईसौं शताव्दीमा मध्ययुगको जस्तो संचार, समाचार सबै बन्द गर्ने काम गराउन यी चाटुकारहरू सफल भए ।
जनतासँग प्रत्यक्ष सम्वन्ध नभएको समयमा शासकहरू कमजोर भएका हुन्छन्, पत्तै नपाई राजा ज्ञानेन्द्र यहि अबस्थामा पुगे ।  यही कमजोर भएको मौकामा राजतन्त्रलाई नै पाखा लगाउन देशी विदेशी शक्ति केन्द्रहरू सफल भए । यो पाखा लगाईने क्रममा हाम्रो राजा प्राणभन्दा प्यारो छ भनेर ओठे भक्ति देखाउने चाटुकारहरू कि त दुला पसे कि खुलेर नै राजसंस्थाको विरोधमा लागे । रातारात गणतन्त्रवादी वन्ने वा दुला परेर लुक्ने होड चल्यो ।
यसरी यो पर्खाल आफ्नो स्थानवाट  हट्यो । राजाले जनता र जनताले राजा प्रत्यक्ष देख्न पाए । राजतन्त्रलाई आफुले पाखा लगाउदा समेत प्रतिकारको एक शव्द पनि सुन्न नपरेकोे शक्ति अव राजाको वरीपरि झुम्मिन पुगेका जनसमूह देखेर छक्क प¥यो । राजालाई सबै किसिमको रोक लगाउने प्रयत्न गरियो  । घर मै नजरबन्द गरेर कुमारीको दर्शन गर्नबाट रोक लगाउन पनि यो शक्तिका दासहरू पछि परेनन् । तर यस्ता सबै प्रयत्नलाई जिल खुवाउदै कुमारीहरू आपैm राजाको वासस्थानमा दर्शन दिन पुगे ।
जति रोक लगाईन्छ त्यति नै राजा लोकप्रिय हुँदै गएका छन् । जनतासँग प्रत्यक्ष हुँदा प्रतिपल लोकप्रियताको मात्रा बढ्दैछ । जत्तिसुकै कठिन परिस्थिति भएको भए पनि यो राजा र सर्वसाधारण विचको पर्खाल ढलेको अवस्था होे । सर्वसाधारणको हौसलाले राजामा शक्ति संचार भएको समय हो यो ।
राजाको शक्ति प्राप्तीको लहर देखेर पाखा लागेका चाटुकारहरू फेरी पर्खाल तैयार गर्न उद्दत छन् । अबको अबस्थामा सर्वसाधारण जनतालाई शक्तिश्रोत मानेर पर्खाल निर्माण हुन नदिने कि आफ्ना राजेन्द्र, सुरेन्द्र जस्ता पुर्खाको अनुशरण गरेर फेरी पर्खालको घेरा भित्र नै रमाउने भन्ने निर्णय गर्ने जिम्मेवारी राजा ज्ञानेन्द्र कै हो ।