अधिवक्ता गंगा दहाल – -
एउटै घरभित्र बस्ने परिवारको कुनै पनि सदस्यले नाता सम्बन्धको दुरूपयोग गरेर सोही परिवारमा बस्ने अन्य कुनै परिवारका सदस्य माथी गरिने शारीरिक ,मानसिक, आर्थिक यौनिक र भावानात्मक दुव्र्यवहार जस्ता अन्याय र अत्याचारपुर्ण ब्यवहार घरेलु हिंसा हुन् ।
लिङ्गको आधारमा महिला भएकै कारणले महिला माथी हुने कुनै पनि हिंसाजन्य कार्य वा ब्यवहारनै महिला माथी हुने हिंसा हो।
यस्तो हिंसा श्रीमान श्रीमती ,सासू बुहारी, आमा बाबू, दाजु भाइ, दिदि बहिनी, नन्द आमाजु, काका भतिजा, भतिजी जोसुकैको बिचमा हुनसक्छ ।
घरेलु हिंसाले महिलालाई अल्पकालीन अथवा दीर्घकालिन दुबै प्रकारका असरबाट प्रभावित पार्दछन् । पीडित महिला विभिन्न प्रकारका शारीरिक ,मानसिक, आर्थिक, यौनजन्य हिंसा तथा प्रजनन जस्ता समस्याबाट पीडित हुने गर्दछन ्।
घरेलु हिंसा सम्बन्धि कानुनी ब्यवस्थाहरू ः
नेपालको कानुनले घरेलु हिंसालाई दण्ड्नीय मानेर यस्तो हिंसा गर्नेलाई दण्ड सजायको ब्यवस्था गरेको छ। घरेलु हिंसा (कसुर र सजाय ऐन २०६६, घरेलु हिंसा कसुर र सजाय नियमावली २०६७ समेत लागु भैइसकेको छ ।
यस ऐनले कस्तो कस्तो कार्यलाई घरेलु हिंसा मान्ने भनेर स्पष्ट रूपमा परिभाषा गरेको छ । जस अनुसार घरेलु हिंसा भन्नाले कुनै ब्यक्तिले घरेलु सम्बन्ध भएको कुनै ब्यक्तिलाई दिएको शारीरिक ,मानसिक ,यौनजन्य वा आर्थिक यातना दिनुको साथै र गाली गर्ने तथा भावनात्मक चोट पुर्याउने अन्य कुनै पनि कार्यहरू समेत हुन ।
यस ऐन अनुसार घरेलु सम्बन्ध भित्र निम्न सम्बन्धहरू पर्दछन् ।
– वंशज
– विवाह पछि भएको सम्बन्ध ,
– धर्म सन्तान ( धर्मपुत्र ,धर्मपुत्री)
– संयुक्त परिवारमा बस्ने सदस्यहरू
– घरमा कामदारका रूपमा एकै परिवारमा बस्ने जोकोही ब्यक्तिहरू बीचमा भएको वा हुनसक्ने सम्बन्धहरू हुन् ।
यस ऐनले ४ प्रकारको हिंसालाई घरेलु हिंसा हो भनी त्यस्तो कार्य गरेमा त्यस्तालाई दण्ड सजायको ब्यवस्था गरेको छ ।
१) शारीरिक हिंसा ः– अगंभगं बाहेक ,कुटपिट गर्ने शारीरिक चोटपटक पुर्याउने थुनामा राख्ने वा शारीरिक चोट पुग्न सक्छ भन्ने जानीजानी त्यस्तै अन्य कुनै काम गर्ने ,गराउने कार्यलाई शारीरिक हिंसाको रूपमा वर्गीकरण गरेको छ।
२) मानसिक हिंसा ः– डर ,धाक वा धम्की दिने त्रासपूर्ण व्यबहार गर्ने ,गाली गलौज गर्ने झुट्टा बात लगाउने, घरबाट निकाला गर्ने वा मानसिक चोट पुग्न सक्ने कुनै पनि काम मानसिक हिंसा हुन् ।
३) यौनजन्य हिंसा ः– यौनजन्य प्रकृतिको दुव्र्यवहार, अपमान, हतोत्साह वा आत्मसम्मानमा चोट पुर्याउने वा सुरक्षीत यौन स्वास्थमा आघात पुग्ने कुनै पनि कार्यका साथै बैवाहिक बलात्कार ,यौनजन्य दुव्र्यवहार, यौन सम्बन्धका लागि बाध्य पार्नु जस्ता कार्यहरू यौनजन्य हिंसा हुन्।
४) आर्थिक हिंसा ः– सगोल वा निजि सम्पत्तिको प्रयोग गर्न नदिनु ,रोजगारीमा सहभागी हुन नदिनु ,घरको सम्पत्ती बेचबिखन गर्दा सहमति नलिनु, आय आर्जन गर्न नदिनु, घरमा भएको सम्पत्तिमा महिलाको पहुँच नहुनु जस्ता कार्यहरू महिला माथी हुने आर्थिक हिंसा हुन् ।
घरेलु हिंसाबाट पीडितले निम्न निकायहरूमा उजुरी दिन सक्नेछ ः
१) प्रहरी कार्यालय, २) स्थानीय निकाय (गाउँ पालिका, नगर पालिका, न्यायीक समिती), ३) राष्ट्रिय महिला आयोग, ४) अदालत
हिंसा भएको, भइरहेको वा हुन लागेको थाहा पाउने जोसुकैले उजुरी दिनसक्छ ।
पीडितले अदालत बाहेक अन्य निकायमा लिखित वा मौखिक उजुरी गर्न सक्नेछ र कहाँ उजुरी गर्ने निर्णय हिंसाबाट पीडित ब्यक्ति आफैले गर्न सक्नेछ ।
हदम्याद ः हिंसा भएको मितिले नब्बे दिन भित्र उजुरी दिनु पर्छ ।
सजाय ः १)घरेलु हिंसा गर्ने ब्यक्तिलाई तीन हजार रूपैयाँ देखी पच्चीस हजार रूपैया सम्म जरीवाना वा छ महिना सम्म कैद वा दुबै सजाय हुनेछ ।
२) घरेलु हिंसाको उद्योग वा दुरूत्साहन गर्ने वा मतियार हुनेलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुनेछ ।
३) घरेलुु हिंसाको कसुरमा पहिले सजाय पाइसकेको ब्यक्तिले पुनः सोही कसुर गरेमा पटक्कै पिच्छे दोब्बर सजाय हुनेछ ।
४) सार्वजनिक जवाफदेहिको पदमा बहाल रहेको कुनै ब्यक्तिले यस ऐन बमोजिमको कसुर गरेमा निजलाई यस ऐनमा ब्यवस्था गरिएको दण्ड सजायमा थप दस प्रतिशतले सजाय हुनेछ ।
५) कसैले अदालतबाट जारी अन्तरिम संरक्षणात्मक आदेशलाई पालना नगरेमा त्यस्तो ब्यक्तिलाई दुई हजार रूपैयाँ देखी पन्ध्र हजार रूपैयाँ सम्म जरीवाना वा चार महिना सम्म कैद वा दुबै सजाय हुनेछ ।
क्षतिपूर्ति ः पीडित ब्यक्तिलाई घरेलु हिंसाको प्रकृति मात्रा पीडितलाई पुगेको पिडा र पीडितको आर्थिक तथा सामाजिक हैसियत समेतलाई बिचार गरि अदालतले पिडकलाइ क्षतिपूर्ति दिलाई दिन सक्ने छ । ( साभार महिला विरूद्ध हुने हिंसा र यस सम्बन्धमा कानुनी उपचारको ब्यबस्था)