Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

वार्ता गर, वार्ता

०३ सोमबार , माघ २०७८३ बर्ष अगाडि

लिपुलेकमा सडक बनाउने भनी भारतीय प्र.म. नरेन्द्र मोदीले हालै दिनुभएको अभिव्यक्ति आपत्तीजनक छ। कालापानी, लिपुलेक र लिम्पियाधुराबारे भारतसँग कुटनीतिकस्तरमा बार्ता गरी नेपाली जमिन फिर्ता लिनका लागि नेपाल सरकारको तर्फबाट तत्काल पहल होस् ।
नेता कमरेड देवप्रसाद गुरूङ
तान्जानियाको उदाहरण
नेपाल कहा“ छ ?
भारतका रक्षामन्त्री राजनाथ सिंह नेपाली भूमि लिपुलेकबाट तिब्बत जोड्ने राजमार्ग उद्घाटन गर्छन्, प्रधानमन्त्री नरेन्द्र मोदी राजमार्ग निर्माण निरन्तर हुने घोषणा गर्छन्, नेपाल सरकार सुन्छ, हेर्छ र मौनता साधेर बस्छ । यी कस्ता शासक हुन् जो आफ्नो देश मेरो हो भन्न सक्दैनन्, स्वाधीनताको रक्षा गर्दैैनन् र कूटनीतिक क्षमता र राजनीतिक दृढता पनि देखाउन सक्दैनन् । तिनका लागि एउटा उदाहरण तान्जानियाको–
सन् ५९ मा पश्चिमाले सोधे– के अफ्रिकीहरू स्वतन्त्रताका लागि तयार छन् ? तान्जानियाका संस्थापक नेता जुलियस न्यरेरेको जवाफ थियोः ‘यदि तिमी मेरो घरमा आई मेरै कोट चोरेर भन्छौ, कि यो कोट तिमीलाई सुहाउँदैन । भलै यो कोट मलाई न सुहाओस् । तर तिमीलाई तेसो भन्ने अधिकार छैन । किन की कोट मेरो हो ।’