Advertisement Banner
Advertisement Banner

१७ बुधबार, असार २०८३20th June 2026, 4:50:23 am

एमसिसीमा नाङ्गा, अर्धनाङ्गा र खुला विरोधकर्ताहरू

२६ सोमबार , पौष २०७८४ बर्ष अगाडि

प्रेम सागर पौडेल: नेपाल–चीन पारस्परिक सहयोग समाज - - - - 
एमसीसी परियोजनाका नाङ्गा समर्थकहरूः बर्षमान पुन, प्रदिप ज्ञवाली, बिष्णु रिमाल, पुष्प कडेँलहरू छन् ।
एमसीसी परियोजनाका अर्धसमर्थकहरूः भीम आचार्य, सुरेन्द्रप्रसाद पाण्डे, रघुजी पन्तहरू हुन् ।
एमसीसी परियोजनाका खुला विरोधकर्ताहरूः देवप्रसाद गुरूङ, भीम रावल, लिलामणी पोखरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मातृकाप्रसाद यादव, मणीचन्द्र थापा, घनश्याम भुसाल, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, अष्ठलक्ष्मी शाक्य, भरत दाहाल, युवराज सङ्ग्रौलाहरू रहेका छन् ।
समर्थक, अर्धसमर्थक, विरोधकर्ताहरू जो हुन्, उनीहरूले राष्ट्रलाई ध्यानमा राखेर सोचुन् । मेरो विचारमा जब तपाईंको सरलता, सोचाइको उचाई, गहिराई र महत्व बुझिदैन; यति बुझ्नुस् कि तपाईं त्यहाँको लागि होईन अन्तै कहिँ कसैको लागि उपयुक्त हुनुहुन्छ !
आफुलाई वामपन्थी भन्ने कुन कुन पात्रहरू कसरी प्रस्तुत हुन्छन् र कस्तो भूमिका निर्वाह गर्छन् भनेर जनताले नजिकैबाट नियालिरहेका छन् । वामपन्थीहरूमा यो कुराको हेक्का रहोस् ।
इण्डियाको नेपाल नीति फेल भइसकेको अनेक प्रमाणहरू छन् । यसमा एमसिसी पनि एक हो । नेपालका सन्दर्भमा उसले पुनरावलोकन गरेन भने दक्षिण एसियामा एक्लिन धेरै समय लाग्नेछैन । मलाई लाग्छ कि इण्डियाले आफ्नो नेपाल नीति सुधार गर्ने हो भने चीन, नेपाल तथा इण्डियाको सम्बन्ध र क्षेत्रीय स्थिरता अनि विकास ठोस रूपमा सम्भव छ । नेपालमा जेजस्तो राजनीतिक उतारचढाव देखिएको छ, राजनीति नयाँ कोर्षतर्फ उन्मुख भएको छ । मेरो विश्वास छ– नेपाली मौलिकता स्वाभिमान सदैव उँचो रहनेछ । मेरो विचारमा श्रीलंका, माल्दिभ्स, बंगलादेश र पाकिस्तारले बाह्य हस्तक्षेपका विरूद्ध स्वाभिमानको यात्रा तय गरिसकेका छन् । अब पालो हाम्रो आएको छ !