Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

अब हिन्दु गणतन्त्र

२६ सोमबार , पौष २०७८३ बर्ष अगाडि

काठमाडौं । राष्ट्रिय एकता अभियान नेपालले संघीय हिन्दु गणतन्त्र स्थापनाका लागि अभियान सुरू गरेको छ । 
हिन्दु राज्य र राजसंस्थाका विषयमा राजनीतिक दल र नेता ध्रुविकृत हुँदै गएका बेलामा यस्तो अभियान अघि बढेको हो ।
विराटनगरले गत शनिबार ‘संघीय हिन्दु गणतन्त्र विषयक बिचार गोष्ठी’ नै भएको छ । गोष्ठीको निष्कर्षमा भनियो– हिन्दु गणतन्त्रका लागि अभियानका रूपमा अघि वढाउन जरूरी भयो । त्यसपछि हिन्दु र राजसंस्थावादीहरू मिले तीब्र अभियान अघि बढाउन लागेको जनाउ दिइयो ।
यो गोष्ठीमा नेपालका हिन्दुवादी, मारवाडी समुदाय र भारतीय जनता पार्टीका नेतासमेत सहभागी थिए । बिहारका मन्त्री भानुप्रकाशले नेपाल धर्मनिरपेक्ष भएकाले हिन्दुत्व, हिन्दु संस्कार र संस्कृति संकटमा परेको भन्दै हिन्दुराष्ट्र हुनुपर्ने बताए ।
उनका अनुसार ‘वेद, पुराण तथा बिभिन्न धार्मिक ग्रन्थहरूमा नेपालमा भएको हिन्दुत्व र हिन्दु संस्कारका बारेमा बर्णन गरिएकाले त्यसको संरक्षण र सम्बद्र्धनका लागि संघीय हिन्दु गणतन्त्र आवश्यक छ, नेपाल संघीय हिन्दु गणतन्त्रका लागि सक्षम रहेकाले यो अभियानलाई सफल पारौं ।