राष्ट्रपति किन बारम्बार दिल्लीमा फोन गर्छन्? ओलीको यो बोली सचिव योगेश भट्टराईले बोलिदिएका छन्। राष्ट्रपतिलाई सुजाता कोइराला, शेखर कोइराला गएर उचालिरहन्छन् र राष्ट्रपति साना साना कुरामा पनि दिल्लीमा फोन गर्छन्। योगेशले आरोप लगाएका छन्। यो राष्ट्रपतिले संविधान बनाउन बाधा खडा गरेका हुन्। संविधान बनाएर छिटो निकास दिन जनजाति र अन्य जातिका लागि संवैधानिक आयोग बनाउन एमाले तैयार रहेको घोषणा पनि गरिदिएका छन्। समस्या भने जटिल बन्दैछ।


