Advertisement Banner
Advertisement Banner

१८ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

गोपी मैनालीको घाउ आफैलाई दुख्छ

१९ सोमबार , पौष २०७८४ बर्ष अगाडि

२०७८ पौष १७ गते शनिवार ।
गोपी मैनालीको नयाँ कृति ‘घाउ आफैँलाई दुख्छ’ लोकार्पण भयो । यो कृति निबन्ध विधाको हो ।
तर यो निबन्ध सङ्ग्रह ‘घाउ आफँलाई दुख्छ’ ले गोपी मैनालीलाई दुखेको होइन, यो दुखाइ व्यक्ति, घर, समाज र राष्ट्रको हो किनकि यो पुस्तकमा व्यक्ति, घर, समाज, राष्ट्र समेटिएको छ । हामीले बाँचेको समयको प्रतिनिधि हो यो निबन्ध सङ्ग्रह । एक विश्लेषकले त यतिसम्म भने कि देशमा महाभारत भइरहेको छ, त्यो महाभारत प्रत्यक्ष देख्ने बर्बरिक हो यो निबन्ध सङ्ग्रह ।
यसकारण यो पुस्तक पठनीय छ, सङ्गहनीय छ, उत्तम कृति हो ।
राजधानीको बानेश्वरमा  साहित्यकार गोपी मैनालीद्वारा लिखित निबन्ध कृति ‘घाउ आफैलाई दुख्छ’ लोकार्पण समारोहमा साहित्यकार, इतिहासकार, पूर्वप्रशासक को थिएन ? समाजका हरेक तह र तप्काका प्रतिनिधि पात्रहरू उपस्थित भएको देखियो । यो कार्यक्रम सुरभि साहित्य प्रतिष्ठानले आयोजना गरेको थियो । प्राज्ञ–दिनेशराज पन्तको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सुरभि प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, नेपाल सरकारका पूर्व मुख्यसचिव कवि व्यक्तित्व विमल कोइराला, डा. खेम कोइराला बन्धु, साहित्यकार नरेन्द्रराज पौडेल, कोशराज न्यौपाने, लीला लुइटेल, योगी चिन्तामणि,  विजय चालिसे, प्रह्लाद पोख्रेल, लव गाउँलेलगायतका अनेक विद्वान वक्ताहरूले लेखक र पुस्तकबारे चर्चापरिचर्चा गर्नुभएको थियो –
काठमाडौंको मानव सागर अलि छचल्किएको अवस्थामा छ अहिले । कोरोनाको त्रास नहुँदा दैनिक विविध कार्यक्रम  हुन्थे । धार्मिक राजनीतिक, साहित्यिक आदि कार्यक्रमहरू बाक्लो हुन्थ्यो । हप्तामा एउटा न एउटा कार्यक्रम नभएको दिन नै हुन्नथ्यो । अब त खोई ?
यस्तै यस्तै आशङ्कामाझ यो शनिवारको शुभसाइतमा निबन्धकार गोपी मैनालीको निबन्धकृति विमोचन सम्पन्न भयो । वरिष्ठ सर्जकहरूको समुपस्थितिमा भएको कार्यक्रम आकर्षक मात्र होइन लोभलाग्दो पनि थियो । कथाकार गुरूप्र–साद मैनालीको वंशवृक्षमा थपिएका दुई फूल हुन् युवराज र गोपी मैनाली । दुबै लेखक नेपालको प्रशासनलाई बुझेको अनुभवी । एउटै आमाको कोखबाट दुई भाइ छोराहरूको यो ख्याति सायद विरलै सुनिने घटना हो । गोविन्द गोठाले, विजय मल्ल अनि हृदयचन्द्र र कृष्णचन्द्र सिंहको इतिहाससँग अब यस घटनालाई जोड्न हिच्किचाउनु हुन्न जस्तो लाग्छ कतिपय साहित्यकारलाई ।
लीला लुईटेलले खुलेर यसरी अभिव्यक्ति दिएका थिए– अरू व्यक्ति भूतपूर्व हुन्छन् तर साहित्यकारहरू भूतपूर्व हुँदैनन्  भन्ने अभिव्यक्तिले निकै मान्यता पायो  आज । समालोचक लीला लुईटेलको यो  माष्टरपिस अभिव्यक्तिमा सबै  श्रष्टामन सहमत देखिएका थिए । प्राज्ञ दिनेशराज पन्तको गहन अभिव्यक्तिमा कसले प्रश्न गरोस् ? पत्रकार टीकाराम यात्रीलाई नजिकबाट देख्न पाउँदा तमसोमा ज्योतिर्गमयको छायाङ्कन पो हो कि भन्ने भान पनि प¥यो धेरैलाई । जेहोस् सशक्त लेखनीबाट जमघटको अवसर जुटाइदिने निबन्धकार एवम् नेपाल सरकारका सचिव गोपी मैनालीलाई बधाई ।