काठमाडौं । कृषि मलमा १ अर्ब ५३ लाख २२ हजार ४ सय ६ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पुष्कर दिप बुढासमेतमाथि मुद्दा दायर गरेको छ । यीमाथि गुणस्तरहीन मल खरिद गरेको आरोप छ । मलको गुणस्तर मापन गर्ने निकाय समेत यो भ्रष्टाचारमा मुछिएका छन् ।
अख्तियारका अनुसार गलत प्रतिवेदन तयार गर्ने नेपाल इन्भाइरोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेस लिमिटेडका सलिल देवकोटा, परीक्षण नगर्ने सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा र प्रयोगशाला तथा परामर्शदता भोलानाथ चौधरीमाथि पनि मुद्दा दायर गरिएको छ ।
किसानलाई सडकमा पु¥याउने उद्यमी र मल हाहाकार पारेर भ्रष्टाचार गर्ने कर्मचारी राजनीतिक संरक्षणमा भएकाले कारवाही होला र ?