Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

स्वाभिमान उँचो रहने विश्वास छ

१२ सोमबार , पौष २०७८३ बर्ष अगाडि

प्रेम सागर पौडेल - - - 
यो ब्यवस्था हामी जनता र देशको विपक्षमा क्षेत्रीय स्थिरता र शान्ति खल्बल्याउने दुष्ट प्रयास गर्दै साम्राज्यवादीको दलालीमा नाङ्गो रूपमा लागेको देखिन थालेको छ । सतहमा देखिएका र निकट भविष्यमा देखिने काला दृश्यले नेपालको सार्वभौमसत्ता अखण्डता एकतालाई नराम्रोसँग प्रभावित पार्ने छ । सम्भावित खतरालाई रोक्न र क्षेत्रीय स्थिरता तथा शान्ति कायम गर्न पछिल्लोपटक केपी ओलीको चीन भ्रमणका समय चीनका राष्ट्रपति सीले भनेको ‘चीन नेपालको अखण्डता सार्वभौमसत्ता र स्वतन्त्रताको पक्षमा छ ।...’ ब्यवहारमा देख्न नेपाली जनता आतुर छन् । क्षेत्रीय स्थिरता अखण्डता र स्वतन्त्रता कायम गर्नका लागि चीनको अभिभावकीय भूमिका अपरिहार्य छ । चीनले ग्रेटर नेपाल र 
राजालाई पुनस्र्थापित गर्ने अजेण्डालाई समर्थन गर्नुपर्छ । यसबाट क्षेत्रीय स्थिरता कायम हुन्छ, नेपाललाई चीन विरोधीको अखडा बन्नबाट बचाउन सकिन्छ, पूर्वीय सभ्यताको निरन्तरताबाट मानवजीवन शान्त, सुमधुर, समृद्ध र विश्वभातृत्वका पक्षमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ । अझ महत्वपूर्ण विश्वको नेतृत्व एसियाको पोल्टामा ल्याउन सकिन्छ । 
राजकीय अधिकारको दुरूपयोग गरेर चरम भ्रष्टाचार, गुटबन्दीमा रमाइरहेका तथाकथित नेताहरूबाट नेपालीले न्याय, सम्मान र सुरक्षा पाउन नसक्ने स्पष्ट हुँदैछ । अरूले रीसईवी साँध्न गरेको नाङ्गो षड्यन्त्रलाई संरक्षण गर्ने र सास्ती दिने पश्चिमाको दलाल सरकारलाई समर्थन गरिरहनु आवश्यक छैन ।
अन्तमा ः आफुलाई वामपन्थी भन्ने कुन कुन पात्रहरू कसरी प्रस्तुत हुन्छन् र कस्तो भूमिका निर्वाह गर्छन् भनेर जनताले नजिकैबाट नियालिरहेका छन् ।
राजनीति नयाँ कोर्षतर्फ उन्मुख भएको छ ।
नेपाली मौलिकता स्वाभिमान सदैव उँचो रहने मेरो विश्वास छ ।