Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

आरक्षण जातले होइन, गरीबले पाउन्

१२ सोमबार , पौष २०७८३ बर्ष अगाडि

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवाज उठाएका छन्– आरक्षण जातले होइन, गरीबले पाउनुपर्छ । जातका आधारमा दिइएका आरक्षण खारेज हुनुपर्छ ।
जनताका हितमा उठाएको यो आवाजको समर्थनमा अन्य कुनै पनि दल वा सांसद बोलेका छैनन् । यहाँसम्म कि बुद्धिजीवी र नागरिक समाज पनि चुपचाप छ ।
राजेन्द्रले स्पष्टै भनेका छन्– व्याप्त भ्रष्टाचारका कारण जनताले दुःख पाएका छन्, २०४६ सालपछिका सबै नेता तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानविन हुनुपर्छ । जब सम्पत्तिको छानबिनको सवाल उठ्छ, कुनै पनि सांसद वा सम्भ्रान्त बोल्दैनन् । राजेन्द्रले कुनै पनि नेताहरूको मानमर्दन गर्न र कार्यकर्ताहरूको विश्वासघात गर्न आफू नेतृत्वमा नआएको बताएका छन् । अब उनले यो आवाज संसदमा मुखरित पार्नुपर्छ ।
राजेन्द्र लिङ्देनको काँधमा आएको छ एकता महाधिवेशनको उद्देश्य पूरा गर्ने र सबै पूर्व अध्यक्षहरूको मन जितेर राप्रपालाई बलियो शक्ति बनाउने । यो कार्यमा राप्रपाको सबै पङ्क्ति लाग्दैन कि भन्ने आशंका बढेर गएको देखिन्छ । खासगरी राप्रपालाई यहाँसम्म ल्याउने पूर्व अध्यक्ष कमल थापाको साथ र सहयोग बिना राप्रपा वैकल्पिक शक्तिका रूपमा अगाडि बढ्न सक्ने देखिदैन । भन्नलाई राजेन्द्रले अनुभवी र सम्मानित नेताहरूको साथ लिएर पार्टी अघि बढाउने बताएका छन् । पार्टीमा म मात्रै छैन, श्रद्धेय तीन नेताहरू हुनुहुन्छ अनि हाम्रा पदाधिकारीहरू हुनुहुन्छ । मैले दाइ मानेका अनुभवी मानिसहरू हुनुहुन्छ । सबैको साथ र सहयोग लिएर अघि बढ्छु । उनको यो आत्मविश्वास मुखरित होला त ? माओवादीले म¥यो भनेर फालेको राजेन्द्र माओवादीसँग प्रतिस्पर्धामा उभिनु पनि संयोग नै हो ।