Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

विवेकशील साझामा धा“जा फाट्यो

१२ सोमबार , पौष २०७८३ बर्ष अगाडि

चिलीमा ३५ वर्षीय ग्याब्रियल बोरिक राष्ट्रपति  बने, यस्तै होनहार युवाले वैकल्पिक शक्ति बन्न खोलेको विवेकशील साझा पार्टीभित्र धाँजा फाट्यो । वैकल्पिक शक्तिको सपना टुक्रा टुक्रा भएर फुट्यो । २०७७ मंसिर २४ को सहमति तुहियो । मिलन पाण्डे निस्काशनमा परे र रञ्जु दर्शना अलग भएपछि विवेकशील साझा अप्ठेरोमा परेको छ । अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई अब कसरी अघि बढाउलान्, उत्सुकता बढेको छ । यो पार्टी अन्योलमा परेको विश्लेषकहरूको दावी छ ।
अध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थाको वकालत गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव अघि सारेपछि विवाद चुलिएको थियो । मिलन र रञ्जुको मत छ– आन्दोलनहरूको उपलब्धीलाई रक्षा गर्ने र संविधानको पूर्ण पालना गर्ने प्रतिवद्धताबाट अध्यक्ष विचलित भएपछि यस्तो स्थिति आएको हो ।
वैकल्पिक शक्ति बन्ने विवेकशील साझाको सपना सपना नै रहने हो त ?