काठमाडौं । न कुनै छिमेकमा, न विश्वको कुनै भागमा यस प्रकारको धार्मिक सौहाद्रता, सहिष्णुता देख्न र सुन्न पाइन्छ ।
एउटा किराँत ‘म त्यसै हिन्दुवादी भएको होइन’ भनेर हिन्दुधर्मप्रति गर्व गर्छ र त्यही आधारमा राप्रपाको चुनाव जित्छ । उसले सुरूदेखि बोलेको कुरा एउटै छ– म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्नु भनेको आमाको रगत पिउनु हो । यो किराँत यही विचारमा अडिग छ र उसको विचार, बोली र आचरणलाई राप्रपाभित्र मात्र होइन, हरेक दल र आमजनताले समेत मन पराएका छन् । वास्तवमा आम जनताले राजेन्द्र लिङ्देनजस्ता इमान र आत्माबाट बोल्ने नेता खोजेका छन् ।
यी बृद्ध मुस्लिम, किराँतलाई सुमसुम्याउँछन् र आशीर्वाद दिन्छन्– नेपालमा हिन्दुराष्ट्रको आवश्यकता छ, हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि हाम्रो साथ र सहयोग छ । नेपाल यस्तो देश हो, यस्तो सौहाद्रताको जति प्रशंसा गरे पनि कम हुन्छ । वास्तवमा नेपालको विशेषता नै यही हो ।
विद्वानहरूले समेत गर्वका साथ भने– यस्तो सुन्दर ठाउँ कतै छ ?
जो सच्चा नेपाली हुन्, ती यसै भन्छन् र यस्तो नेपालमा मात्र सम्भव छ । जो नेपाली हुन्, उनीहरू भन्छन्– मानववाद भन्दा अर्को वाद र धर्म केही पनि छैन । राजनीतिक रूपमा विचार अलग अलग राख्लान्, धार्मिक सहिष्णुता र समभाव, अहा, नेपाल धन्य छ । नेपाल सुन्दर छ । यो नेपालमा धार्मिक स्वतन्त्रता नभनेर धर्मनिरपेक्ष किन लेखियो ?