काठमाडौं । एमसिसीका सम्बन्धमा पार्टी र नेताहरू विभाजित छन् । डा.रामशरण महतजस्ता नेताहरू जनतालाई कुकुरसँग दाँज्छन् र आँखा चिम्लेर पास गर्नुपर्छ भन्छन् । प्रम देउवा पनि पास गर्न हतारिएका छन् । अन्य केही पास गर्नुपर्छ वा संशोधन बिना पास गर्न हुन्न भन्छन् । विवाद सडकमा पुगिसक्यो ।
सरकारका एउटा प्रतिनिधि अथवा कुनै पनि दलका एकजना नेता पनि सार्वजनिक थलोमा उभिएर भन्न सक्दैनन् कि एमसिसी विकास परियोजना हो, नेपालको हितमा छ, नेपालका लागि चाहिने परियोजना हो । जनप्रतिनिधिहरूले जनतालाई विश्वास दिलाउन नसक्नुको कारण के हो ? यिनै नेता सत्तामा भएका बेलामा यो परियोजना माँगेको यिनैले हो । दिएको अमेरिकाले हो । यो परियोजना नेपालका लागि दुर्भाग्यपूर्ण छ भने किन माँगियो, किन सही गरियो ? जनविरोधी, देशविरोधी छ भने त्यस्तो नकाम गर्ने छुट यिनलाई कसले दियो ? यिनीहरू दण्डित हुनुपर्छ कि पर्दैन ?
सरकार र जनताका नेताले अब भन्नैपर्छ, एमसिसी के कारणले स्वीकार गर्न सकिन्छ, कति कारणले सकिन्न ?