काठमाडौं । आज संसद अधिवेशन सुरू हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम् पार्टी अध्यक्षको चुनावमा होमिएका छन् । उनी पार्टी अध्यक्ष जितेर प्रधानमन्त्री कायम रहने किन नरहने भन्ने दोबाटोमा रहेकाले उनले सम्पूर्ण ध्यान एमसिसीमा दिएर एमसिसी प्रस्ताव पास गर्नसक्ने सहज वातावरणमा देखिदैनन् ।
एमसिसीको मुद्दा प्राविधिक हिसावले मात्र संसदमा अड्किएको छ । एमसिसीको विरूद्धको हुरी सडकहुँदै जनस्तरमा पुगिसकेको देखिन्छ । जनस्तरमा नकारात्मक रूपमा पुगिसकेको एमसिसी मुद्दा पास गर्नु यसका पक्षधरका लागि फलामको च्यूरा चपाउनुजस्तै हो । राजनीतिक भविष्य नै अन्धकार हुनेगरी नेपाली कांग्रेसको सती जान सत्ता गठबन्धनका प्रचण्ड र माधव नेपाल तैयार हुने अवस्था देखिदैन ।
चुनाव सन्निकट छ, जनता सडकमा छन् । २६ दल विरोध गर्दै देशव्यापी आन्दोलनमा होमिसकेका छन् । यो अवस्थामा एमसिसीको भविष्य अनिश्चित छ ।