काठमाडौं । भाते पाठशालामा पढेका रामचन्द्र पौडेल अर्वपति बने, त्यो कांग्रेस हुनुको देनमात्र होइन, राजतन्त्रको खोइरो खनेका र इसाईकरणलाई बल पु¥याएकाले पनि हो । तिनै पौडेल आँखाभरि आँसु बोकेर राजनीतिबाट सन्यास लिन्छु भन्ने अवस्थामा पुगे । जुन हालत कृष्णप्रसाद भट्टराईले भोग्नुप¥यो, गणेशमान सिंहले बेहोरे, त्यही दयनीय हालतमा रामचन्द्र पौडेल पुगेका छन् । स्वयम् सभापति देउवा उनको घरमै पुगेर आँसु पुछिदिनुप¥यो, गगन थापाजस्ता नेताले आदरणीय भनेर शान्त्वना दिनुप¥यो । लोकतन्त्रका नाममा सुख खोज्ने र देशका लागि त्याग गर्न नसक्ने नेताले लड्न नसकेर टाउको झुकाएको कत्ति नसुहाउने ?