Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

राजदूत बेरीको प्रशंसाको अन्तर्य के हो

२७ सोमबार , मंसिर २०७८३ बर्ष अगाडि

राजदूत बेरीले बारम्बार भन्नुहुने जस्तै नेपाललाई यो क्षेत्र र संसारकै लागि एउटा उदाहरणको रूपमा लिन सकिन्छ । गएको १५ बर्षमा नेपालले हिंसात्मक द्वन्द्वबाट मुक्ति, त्योसँगैको शान्ति प्रकृयाको व्यवस्थापन, लोकतान्त्रिक सरकारको पुनस्र्थापना तथा नेपाललाई धर्मनिरपेक्ष, लोकतान्त्रिक तथा संघीय सरकार सहितको संविधान पारित गर्ने लगायतका उल्लेखनीय प्रगति गरेको छ । 
आज अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा नेपालले छोटो अवधिमै हासिल गरेको महत्वपूर्ण उपलब्धीहरूको प्रशंशा गरौं । यति कम समयमै नेपालले एकदमै ठूला राजनीतिक संक्रमणहरू पार लगाएको छ जसको लागि देशहरूलाई शताब्दी लागेको हुन्छ तर याद राख्नुपर्ने विषय यो छ कि समावेसी लोकतान्त्रिक शासन प्रणाली लक्ष होइन बरू निरन्तर कार्य गरीराख्नुपर्ने प्रकृया हो । महिला तथा सीमान्तकृत समुदायहरू समाजका सवै राजनीतिक तथा आर्थिक प्रकृयामा समावेस हुन जरूरी छ । महामहिमको यो कथनको अन्तर्य अर्थपूर्ण छ ।