Advertisement Banner
Advertisement Banner

१७ बुधबार, असार २०८३20th June 2026, 4:50:23 am

देशभक्ति प्रदर्शन गर्ने चुनौति झन बढेन र ?

२० सोमबार , मंसिर २०७८५ बर्ष अगाडि

पूर्वराजा ज्ञानेन्द्रवीरविक्रम शाहबाट 
(वि.सं. २०७७ मंसिर १९ गते) देशवासीलाई बक्सेको विशेष सन्देशको अनौपचारिक अनुवाद) 

प्यारा देशवासी दिदीबहिनी तथा दाजुभाई, 
हाम्रा सवै मित्र, सहयोगी तथा शुभचिन्तकहरूलाई आफ्ना व्यक्तिगत तुष्टी, पूर्वाग्रह र अनावश्यक शंका–उपशंका गर्नबाट टाढै रही ’देशले माँगेको सहयोग गर्न’ म सवैमा विनम्रतापूर्वक अनुरोध गर्दछु । 
अहिलेको समय नेता वा नेतृत्वको खोजी गर्ने बेला होइन, बरू आफूले सदैव विश्वास गरेको आस्थाकेन्द्र बारे अन्तरमनले हेर्ने र उनको आवाज सुन्ने बेला हो ।
केही प्रश्नहरू भए तपाईहरूले छातीमा हात राखेर आफ्नो मनलाई सवैभन्दा पहिले सोध्ने र अरूका कुरालाई पनि राम्ररी सुनेर मात्रै आफ्नो निर्णय वा अभिमत बनाउनु उचित हुन्छ भन्ने मलाई लागेको छ । अव तपाईहरूसमक्ष आफ्नो देशभक्ति प्रदर्शन गर्ने चुनौति आएको छ ! 
आ–आफ्नो सामथ्र्य र गच्छेअनुसार जे–जस्तो तरिकाले भए पनि आफ्नो अटल समर्थन र विश्वास अभिप्रकट गर्न तपाईहरूले आम जनसमुदायको आकाँक्षालाई सफलीभूत पार्न जनताले चालिरहेका कदमहरूलाई साथ दिनुहुनेछ भन्ने कुरामा म दृढविश्वस्त छु ! कृपया, यो आव्हानलाई तपाईहरूले आफ्नो मातृभूमिको पुकार सम्झिनु होला ! जय देश !