Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रवादीहरूले कार्यगत एकतामा लाग्नुपर्छ

२० सोमबार , मंसिर २०७८३ बर्ष अगाडि

स्वयम्भुनाथ कार्की - - 
राष्ट जनता, राजासंस्था अनि पारंपारिक गौरव अनुभूति आपसमा जोडिने भावनाको संयुक्त रूप हो अर्थात कुनै देश राष्ट्र बन्न यी सबै तत्वको आवश्यकता पर्दछ मात्र भूगोलले देश बन्छ तर राष्ट्र बन्दैन । त्यसैले राष्ट्रवाद भाषमा, पोशाकमा मात्र सिमित हुँदैन । राष्ट्र बन्ने यी सबै तत्वको आदर गर्ने र यसको निमित्त समर्पण गर्ने भावना राष्ट्रवाद हो । राष्ट्रवादको अधुरो बुझाई पैmलाएर फलाना दलमा लाग्ने वा फलाना नेताको पिछलग्गु हुनेमात्र राष्ट्रवादी भन्ने भ्रम पैmलाउन खोेजिएको छ । कसैकसैले त हिन्दूराष्ट्रलाई राष्ट्रवादको पयार्यवाची पनि बनाएका छन । यो गलत बाटो हो ।
त्यसैले यहाँ हिन्दू अधिराज्य र गणतन्त्रको छनक दिने हिन्दू राष्ट्रको फरक वारेमा केही उल्लेख गर्नु वान्छनीय छ । अधिराज्यमा राजा एक निश्चित परम्परा बोकेर आउछन् । परम्पराको संरक्षण, जनता प्रति समान व्यवहारको चलन बोकेर आउने हुँदा हिन्दू अधिराज्यले सबैलाई समान व्यवहार गर्दछ । धर्मको मामिलामा राज्यसत्ताको नभई राजाको कर्तव्य र अधिकार रहन्छ । यसले राज्य सञ्चालन गर्ने राजनीतिमा धर्मनिरपेक्षता कायम गर्दछ । राजासंस्थाको कर्तव्य जो कोही र जस्तो भए पनि आङ्खनो जनतालाई समान व्यवहार गर्नु हो । राम्रो कामको पुरस्कार र नराम्रो कामको दण्ड दिनु हो । त्यसैले व्यवस्था जे जसो भए पनि दण्ड र पुरस्कारलाई राजदण्ड अनि राजपुरस्कार भनिन्छ ।
यसको विपरित हिन्दू गणतन्त्रमा वैधानिक रूपमा हिन्दू राष्ट्र रहे पनि त्यसको संरक्षणको जिम्मा लिने कोही हुन्न । युगौदेखि एक भएका विभिन्न सम्प्रदायहरू बीच वैमनश्यता बढाई रहेको वर्तमान अवस्थामा वैधानिक बनाईए पनि गणतन्त्रमा हिन्दू राष्ट्रमा हिन्दूत्वको हैकम सन्त महन्त आदिको हातमा जानुपर्ने हुन्छ । यसरी भारतका धर्माचार्यको हातमा देश जाने निश्चित छ । त्यसैले गणतन्त्रको उपस्थितिमा हिन्दू राष्ट्र भनेको विस्तारवादको पक्ष पोषण हो । गणतान्त्रिक हिन्दूराज्य भनेको राष्ट्रवादको विरूद्धको अवस्था हो भने हिन्दू अधिराज्य राष्ट्रवादको उच्चतम अवस्था हो । को राष्ट्रवादी हो र को होईन भन्ने जाँच्ने कुनै निकाय छैन र हुनु पनि हुन्न । तर केही बर्ष यता कुनै दल, नेता बिशेष अनि त्यो नेताका पिछलग्गुहरूले आपूmलाई त्यो निकाय ठानेका छन् । यो आफ्नो हैसियत बाहिर गएको अनाधिकार चेष्टा हो । यसले राष्ट्रवादी जोड्दैन बरू थप फुट्छन । किनभने धेरैमा निम्न भावना छन् ।
वरिष्ट कनिष्टको भावना ः धेरैमा मेरै पछि लाग्नुपर्छ, मेरो सोेच नै सबैभन्दा उत्तम हो म नै नेता हुँ भन्ने दम्भ छ । 
संगठन बनाएर त्यसको नेता बन्ने लोभ ः जसले १०, २० जना जुटाएर एक संगठन खोल्न प्रेरित गरेको छ । यस्ता संगठनहरूमा विरोधीसंग संघर्ष गर्ने भन्दा समान प्रकृतिका अरू संगठनहरूको खोईरो खनेर आफु ठूलो हुन खोज्ने प्रवृति हावी छ ।
लक्ष भन्दा प्रचारमुखी ः काम भन्दा कसरी छिटै आफ्नो वा आङ्खनो समुह चर्चामा आउँछ भन्नेमा ध्यान जाँदा परिणाममुखी काम हुन सकेको छैन । कतै सभाको कार्यक्रम गर्नु र त्यहा भाषण गर्नु चाहे श्रोता १० जना पनि नहुन् । संचारकर्मीहरूको चाकरी गरेर त्यस्ता ससाना कामको समाचार प्रसारण गराउनु । अनि आफ्नो यस्ता कामको सूची बोकेर फूर्ति लगाउनु आम भएको छ ।
राजा र राजसंस्थाको नाम प्रयोग गर्नु ः आफु राजाको नजिक भएको, राजसंस्थालाई आफुलेमात्र काँध हालेको जस्ता प्रचार गरेर ठूलो बन्न खोज्नु । यसमा स्वागतमा लामबन्द भएको फोटो , त्यहाबाट प्राप्त शुभकामना, निमन्त्रण जस्ता कुराको सकेसम्म प्रचार आदि पनि पर्दछन् । हुँदाहुँदा आफ्ना भरौटेहरू मार्पmत कठिन समयमा आफुले काँध थापेकोले अव राजसंस्थाले आपूmलाई काँध थाप्नुपर्ने प्रचार गराउन पछि पर्दैनन् ।
राष्ट्रवादीहरू एकै दलमा अट्न सक्दैनन । त्यसैले धेरै कुरा नसमेटी सबैको साझा लक्षमा मात्र कार्यगत एकता गर्न आवश्यक छ । यस्तो एकतामा कसैको पनि अहंमा चोट नपुग्ने हुनुपर्दछ । कसैले पनि आफुलाई वेवास्ता गरिएको अनुभुति गर्न नसक्ने संरचना हुनु पर्दछ । यसको निमित्त आआफ्नो वर्तमान प्रतिष्ठा र अवस्था कायम राखेर आफुले गर्दै गरेको कामलाई पनि निरन्तरता दिदै जुट्न आवश्यक छ । त्यसैले यो अभियानमा कोही विलय हुने हैन, अर्को दलंको रूप लिने पनि हैन । केवल नेपाल अधिराज्यको गौरव फेरी प्राप्त गर्नका निमित्त मात्र सहयात्रा अभियानको धारणा हो । राष्ट्रवादीहरू बीच अनेकौ कुरामा मत भिन्नता हुनसक्छ । राष्ट्र लक्ष भएकाहरूलाई पहिले त्यससम्म सहयात्रा गर्न कुनै आपत्ति हुन सक्दैन । सहयात्रा गर्ने भैसकेपछि त्यसको निमित्त के गर्न पर्दछ भन्ने कुराको निर्णय गरेर कार्यक्रम बनाउने आपसी सल्लाहले हो ।