Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

काजी रणजोर थापा - अङ्ग्रेज युद्धको हिरो

२० सोमबार , मंसिर २०७८३ बर्ष अगाडि

डा. प्रेमसिंह बस्न्यात् - -
अचम्म के छ भने ः जुन जुन ठाउँमा नेपालीले नेपाल – अङ्रेज युद्ध हारे,  ती ती ठाउँका कमान्डरहरूलाई  अङ्र्ग्रेजले ‘बहादुर’ बनाइ ईतिहास लेखेको छ । जो जो नेपाली कमान्डरहरूले  अङ्र्ग्रेजलाई ‘पिटे– गोदे’ अनि युद्ध हराए– भगाए तिनको बारेमा अङ्र्ग्रेजले केही पनि लेखेनन् । 
नेपाल – अङ्र्ग्रेज युद्धमा बिजेता कमान्डरहरूमा बिजयपुर – धरान मोहोडाका काजी बखताबरसिंह थापा, मकवानपुर मोहोडाका कर्नेल ( पछी जर्नेल ) रणवीरसिंह थापा, बुटवोल मोहोडाका कर्नेल उजिरसिंह थापा र सिर्मोर राज्यमा पर्ने जैथक किल्लाका कमान्डर काजी रणजोर थापा मात्र हुन् । यि कुनै कमान्डरलाई न त नेपाल सरकारले, न त नेपाली सेनाले सम्मान  गरेको छ । 
ब्रिटिशको रक्षा मन्त्रालयले लेखाएको अङ्रग्रेजको बहादुरिताको काहानी ‘नेपाल – अङ्र्ग्रेज  युद्ध’ लाई नेपाली ईतिहासकारहरूले उल्था गरेर त्यही लेखे, हामी त्यही पढिरहेका छौ । हारेको नेपाली कमान्डरहरूको गुणगान गाइरहेका छौ ।
अर्को सत्य कुरा के हो भने चुनावको – हार र लडाईंको जित– हार उस्तै हो । नजितेको लडाईंको र नजितेको चुनावको महिमा हुन्न । तर ब्रिटिशले हरूवा नेपाली कमान्डर जतिलाई ‘वीर’ बनाइ आफू ‘महावीर’ बनेको छ । यस्तो ईतिहास लेखाउने सैनिक मनोबिज्ञान संसारमा नै हुन्छ । तर हामी नेपालीले कहिले बुझेनौ । 
महाकाली पश्चिमको नेपाल अङ्र्ग्रेज युद्धको ‘जैथकको लडाईं’ मा लढ्ने नेपाली कमान्डर काजी रणजोर थापाले नै अङ्र्ग्रेजको धेरै क्षती  पु¥याइ सबैभन्दा लामो समय ः २४ डिसेम्बर १८१४ बाट १५ मे १८१५ सम्म १ बर्ष ७ महिना ९ दिनसम्म अङ्र्ग्रेजलाई ‘पानी पित्त’ छदाएका थिए । मे १५, १८१५ मा अङ्र्ग्रेजसँग मलाउमा बडा काजी अमरसिंह थापाले गरेको सम्झौता अनुसार ‘जैथक किल्ला’ पनि अङ्रग्रेज लाई सुम्पनु पर्ने भएकोले लडाईं न हार्दा न हार्दै पनि काजी राणाजोरले यो किल्ला अङ्रेजलाई बुझाउन वाध्य बनेका थिए ।
नेपाल अङ्र्ग्रेज युद्धका लडाईं मध्य सबैभन्दा लामो समय सम्म लड्ने र अङ्रग्रेज मार्ने काजी रणजोर थापा बडा काजी अमरसिंह थापाका छोरा थिए । म जैथक नजिकको नाहान शहरमा पुग्दा नाहानका राजाले काजी रणजोरको बहादुरितालाई सम्झेर उनले आफ्नो नयाँ राज दरबारको नाम ‘राणाजोर प्यालेस’ राखेका रहेछन्, जुन अद्यापि कायमै छ ।
तस्बिरमाः काजी राणाजोर थापा र राणाजोर प्यालेस, नाहान, भारत ।
स्रोत – मेरो स्थलगत भ्रमण । प्रेम सिंह बस्न्यात् ।