Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

अमेरिका कम्युनिष्ट सिध्याउन आयो

१३ सोमबार , मंसिर २०७८३ बर्ष अगाडि

चितवन । एमालेको महाधिवेशनमा शुभकामना दिन आएका भाकपाका नेता जोगिन्दर सिंहलाई नेपालमा हिन्दुराष्ट्र र राजतन्त्र आउने चिन्ताले सताएको देखियो । शुभकामना दिने बन्दसत्रको मञ्चबाटै उनले भने– नेपालमा हिन्दु राज्य र संवैधानिक राजतन्त्र ल्याउन गुप्त अभियान चलाइएको छ । उनले तिथिमितिसमेत किटान गरेर भनिदिए– ‘नेपाललाई सन् २०२५ सम्म हिन्दु राष्ट्र बनाउने भारतीय जनता पार्टी (भाजपा) को अभियान छ ।’
भारतमा मोदीको फासीवाद हावी भएको, यो फासीवादले नेपालसहित दक्षिण एसिया नै प्रभावित भइरहेको आरोप पनि लगाए । ‘आरएसएसबाट नेपालमा विभिन्न फण्ड चलिरहेको छ’ भने । ती फण्ड कसरी र कसले चलाएको छ भन्ने कुराको गाँठो भने उनले फुकाएनन् । तर एमालेलाई खबरदारी गर्दै सुझाव दिए– सावधान रहनुस्, सचेत हुनोस् ।
अमेरिका दक्षिण एसियामा कम्युनिष्ट समाप्त पार्न लागिपरेको छ, यसका लागि अमेरिकाले भारतलाई उपयोग गरेको उनको तर्क छ ।