काठमाडौं । शाही युवा शक्ति नेपालले मंसिर १८ गते राजधानीमा विशाल मार्चपासगर्ने भएको छ । राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाको माग गर्दै १२ बजे मार्चपाससहित वसन्तपुरमा विशाल ¥यालीमा सहभागी हुन आह्वान गरेको छ ।
अदालतले प्रधानमन्त्री नियुक्ती गर्ने अवस्थाले विकृति बढ्यो, देश राणा शासनको चंगुलमा फस्यो, जनतालाई लोकतन्त्रको नाममा झुक्याएर गणतन्त्रको स्थापना गरेकाले यस्तो दिन आएको भन्दै अध्यक्ष खड्काले विशाल ¥याली र विरोधको माध्यमबाट पूर्वराजा ज्ञानेन्द्रलाई गद्दीमा फिर्ता ल्याउन सकिने बताउँदैे राजधानीका नेवार समुदायलाई सहभागिताका लागि विशेष अनुरोध पनि गरेका छन् ।
आमसमुदायलाई आह्वान गर्ने क्रममा उपाध्यक्ष प्रेम बैदारले देशको अस्तित्व नै समाप्त हुने अवस्था आएकोमा सबैले चासो देखाउनु पर्ने र राजसंस्था देश र जनताको हितको लागि अपरिहार्य रहेकोले साथ र सहयोग मागेका छन् ।
पूर्व सुरक्षाकर्मी परिषद नेपालका प्रवक्ता हेमशंकर गिरीले हरेक नागरिकलाई देशको माटो छातीमा राखेर सोच्न र अघि बढ्न अनिवार्य भएको बताए । उनले त नेपाल निर्माताको राष्ट्रिय एकता दिवस नमनाए चुप लागेर नबस्ने खबरदारीसमेत गरेका छन् । जनगणनामा हिन्दुको संख्या घटाउने साजिस भएको पनि बताए ।
शाही युवा शक्ति नेपालका सदस्य रामकुमार बस्नेत, रेशम मल्ल, श्याम खड्का, कृष्णराज थापा र अन्य सहभागी समर्थकहरूले मंसिर १८ को विशाल प्रदर्शनमा सहभागी हुन र राजसंस्थाको पुनःस्थापना र हिन्दुराष्ट्र अखण्ड नेपाल कायम गराउन सबैले आत्मनिर्णयका साथ अघि बढ्नुपर्ने बताएका छन् ।