Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

निलम्बनपछि पूर्वराजा के गर्दैछन्? :स्वयम्भूनाथ कार्की

०७ सोमबार , भाद्र २०७२१० बर्ष अगाडि

विश्वको सबैभन्दा महंगो मूल्य ुचुकाईएको संविधानको मस्यौदा गुप्तवासबाट बाहिर निक्लेको छ। जनताले आफ्नो निमित्त खाका आफैले बनाउने भनिएको १ सय ३२ पेजको यो मस्यौदा एक पल्ट राम्रोसंग पेज पल्टाउन पनि नभ्याईने समय भित्रै जनताले सुझाव दिनुपर्ने भनियो। आफुलाई धोका गरेको महशुस गरेर जनताले यसको विरोध गरे। यो विरोध जे आए पनि, जस्तो आए पनि त्यसलाई अस्विकार गर्ने रुपमा आयो। यसको आाकलनमा कथित परिवर्तनकारी अगुवाहरु चुकेका छन्।  
त्यसैले पहिलेको जस्तो राजा वा राजतन्त्र फर्किने भनेर आफ्नो बुद्धिले जनतालाई डर देखाउादैछन। उनीहरुले बुझ्नपर्ने तर बुझ्न नसकेको कुरा के हो भने यसबाट जनतामा डर पसेको छैन, बरु यस्तो भएमा थो दशबर्षे कालरात्रीबाट मूक्ति पो पाईएला कि भन्ने सोच राख्नेहरुको संख्या निरन्तर बृद्धि हुादैछ। यस्तो राष्ट्रिय वातावरण बन्दै जाादा पनि निलम्बित राजा दृष्यपटलबाट ओझेल परेका छन्। कसैले जिद्धि गरेर सोध्यो भने 'सबै जनताको ईच्छामा निर्भर छ, जनताको सम्मान हुनुपर्छ' भन्दा धेरै उनको मुखबाट निक्लन्न।
राजसंस्थाका समर्थक हुन् वा प्रखर गणतन्त्रवादी वर्तमानमा सबैको चासोको, जिज्ञासाको केन्द्र भएका पूर्वराजा पुराणमा बर्णित शिद्ध महात्मा भन्दा पनि निर्विकार, तटस्थ किन छन् भन्ने भएको छ। आ–आफ्नो स्तर अनु्सारको अनुमान सबैले लगाएका छन्। कुनै कुनै पत्रिकाहरुले त निर्मल निवास सूत्रको नाममा अनेकौ काल्पनिक कथाको रचना पनि गर्दैछन्। सहज बुद्धिले नै पनि थाहा हुने कुरा हो कि कसैको घरभित्रको लुकाउन खोजेको कुरा एक पटक त बाहिर निक्लेला तर पटक पटक बाहिर निक्लन सम्भव छैन। यसैले यस्ता प्रत्यक्षदर्शीले झै बयान गरेका कुराहरु काल्पिनिक कथा हुन भनेर अनुमान कठिन छैन। सम्पूर्ण अनुमानहरु व्यक्तिका आ–आफ्नो स्तर अनुसारको सोचमा आधारित छ भन्ने कुराको निमित्त कुनै प्रमाण नै चाहिदैन।

स्वयं पूर्वराजाका मनस्थिति के होला त्यसको आधारमा विवेचना गर्ने कसैले प्रयास गरेको जस्तो देखिदैन। ०६२ को आन्दोलन ताका उनलाई सत्ताको लोभी र त्यसको निमित्त जे पनि गर्न सक्ने मान्छेको रुपमा प्रस्तुत गरियो। तर त्यसपछिका दश बर्षमा निरन्तर उनको लोकप्रियतामा बृद्धि हुादै जाादा पनि उनीबाट सानो भन्दा सानो एक पनि यस्तो अभिव्यक्ति वा कार्यकलाप देखिएन जसले उनी सत्ताका लोभी भएको प्रमाण देओस्।
एक सामान्य नेपाली नागरिकले जति मुलुकको चासो व्यक्त गर्दा पनि त्यसलाई फेरी पुनर्स्थापना हुन चाहेको अर्थमा प्रस्तूत गर्ने जमर्काहरु भए। यस्तो हरेक जमर्कोको उत्तर उनले झन गुप्तवास बसेर दिए। अनेकौ समर्थक र विरोधी दुबैलाई तरंगित बनाउने यस्ता जमर्काहरुले जनतालाई विकल्पको एक झिनो आशा भने देखाएको नै थियो। नेपालका सबैभन्दा धेरै शिक्षित प्रधानमन्त्री हुने शौभाग्य पाएका बाबुराम भट्टराई यसबाट सबैभन्दा भयभित हुने व्यक्ति हुन् भन्ने प्रमाणको निमित्त उनका समय समयका अभिव्यक्ति नै प्रयाप्त छन्। बाढी पिडितलाई सहयोग गर्न जाादा जेल हाल्न पर्ने किसिमको अपराध देख्ने, मस्यौदाको विरोध हुादा ०१७ सालको भूतले तर्साएको देख्ने अनि हिन्दू राष्ट्रको रथमा राजा सवार भएर आएको देख्ने प्रलापहरु उनका डर नै हुन।

वर्तमान परिस्थितिमा राजतन्त्र त के बरु सैनिक तानशाह नै भए पनि ठिक हुन्थ्यो भन्ने अभिव्यक्ति आउन थालेका छन। यस्ता अभिव्यक्तिहरु लोकतन्त्रका निमित्त भनिएको आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नेहरुबाटै आउन लागेको छ। कालान्तरमा आफूले ठूलो भूल गरेको पश्चातापमा पनि परिणत हुन संभव यस्ता भनाईहरुको पूर्वराजाको वर्तमान विकट अवस्थाको व्यवस्थापन राजाबाट होस् भन्ने मनसाय छैन भन्ने आधार छैन। यस्तो वेलामा पनि निर्विकार र तटस्थ रहनसक्नु भनेको सबैलाई आश्चर्य लाग्ने नै कुरा हो। यसको उत्तर खोज्ने काम केवल ६२ साले सत्तालोभीको भ्रमको आधारमा मात्र सम्भव हुन सक्दैन।
यसको कारण खोज्न राजा सुरेन्द वीर विक्रम शाहदेखि राजा त्रिभुवन वीर विक्रम शाहसम्म खोज्नु पर्दछ। अहिले राजावादी भनेर मानिएका र राजतन्त्रमा उच्चस्थान प्राप्त गरेका व्यक्तिहरु र राजसंस्था आफ्नो घोषणा पत्रमा राखेर संविधानसभामा चौथो स्थान हासिल गर्न सफल राप्रपा नेपालको कुरो मिलेको छ। उनीहरु भावी नेपालको राजसंस्था राजा सुरेन्द्रबाट जंगवहादुर राणाले शासन हातमा लिएको अवस्थादेखि राजा त्रिभूवन भारत शरणमा जानुभन्दा पहिलेको स्वरुपमा कल्पना गर्दछन्।

उनीहरुको यो परिकल्पनामा नेपाली जनताले आफूले चासो लिनपर्ने कुनै कारण देख्दैनन्। त्यसै गरेर संभवत निलंवित राजाले पनि रुचीदिनु पर्ने आवश्यकता नदेेखेको हुनसक्छ।आलंकारिक राजाको रुपमा त्यो १ सय ४ बर्ष बसिसकेको अनुभव राजसंस्थामा छादैछ। यस विचमा शिशु राजाको पनि उपस्थिति थियो। राजा र जनताले भोगेको त्यो १ सय ४ बर्ष फेरी प्रस्तावित गरिदा दुवैलाई अरुची लाग्नु स्वभाविक नै हो। दैनिक जसो भेटघाट हुनेहरुबाट आफूलाई फेरी त्यही युगमा फर्कन आग्रहयू ूक्त दवाव, राजसंस्था समेतको नाममा मत बटुलेर आएको दलको त्यस्तै परिकल्पनाले उनको मानसिकतामा अरुची नै भर्नुपर्ने हो र संभवत भरेको पनि छ। जनतालाई पनि आफ्नो कल्याणको निमित्त केही गर्न नपाउने राजसंस्थाप्रति आस्था त होला तर रुची छैन। त्यसैले जसले जे भनुन्, त्यो बरु सहने तर त्यो १ सय४ बर्षे अवस्थामा आफ्नो कूललाई नलैजाने अठोटलाई  प्रिय वा अप्रिय जे भए पनि आदर गर्नै पर्दछ। हुन त मुलुकको यो अवस्था हुादा कर्तव्यबोध नभएको आरोप लाग्न सक्छ, तर त्यही कर्तव्यबोधले जोखिम मोल्दा उत्पन्न परिस्थितिमा अहिले यो आरोप लगाउनेहरुको आफ्नो कति भाग छ, त्यो पनि सोच्न आवश्यक छ। यस कोणबाट चिन्तन गर्दा निलम्बन पछि पूर्वराजा के गर्दैछन भन्ने प्रश्न अनुत्तरित रहदैन।