Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

ठाकुरप्रसाद मैनालीका वातावरणीय मूर्तिहरू एक अध्ययन

०६ सोमबार , मंसिर २०७८३ बर्ष अगाडि

ऐतिहासिक रूपरेखा - - - रमेश खनाल - - - - 
· चित्रकला भन्दा मूर्तिकलाको उच्चता र वर्चस्व कायम छ ।
· प्राग ऐतिहसिक कालदेखि नै प्रतिमा निर्माण गर्न थालेका हुन् ।
· प्राचिन, लिच्छवि र मध्यकालमा सयौं देवदेवीका मूर्तिहरू निर्माण भएको छ ।
· काठ, ढुङ्गा, धातुबाट मूर्तिहरू बनाइन्थ्यो, अहिले पनि बनाइन्छ ।
· मल्लकालमा थुप्रै मूर्तिहरू बने ।
· ऐतिहासिक धरोहरका रूपमा पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, न्यातपोल मन्दिर, हनुमान ढोका परिसर, चाँगुनारायण मन्दिर, पशुपतिनाथको मन्दिर आदि देवालयहरूमा प्रस्तर, धातुबाट अनगिन्ति मूर्तिहरू बनाइएका छन् ।
पश्चिमी प्रभाव
· जंगबहादुर बेलायत यात्रापछि राणाहरूका घोडचढी मूर्तिहरू निर्माण गरियो ।
· सुन्धारा्िस्थत जंगबहादुरको घोडचढी मूर्ति विश्वकै उत्कृष्ट मूर्ति मानिन्छ ।
· टुँडिखेलका चार कुनामा, भद्रकालीको पूर्वपट्टि,सैनिक अड्डाको उत्तर पट्टिको कुनामा राणाहरूको घोडचढी मूर्तिहरू देख्न सकिन्छ ।
· उद्यानमा, दरबारको पंटागिनीमा, साजसज्जाको रूपमा नारी, बालक, विरयोद्धाहरूका मूर्तिहरू राखियो । केशरमहलभित्र र बाहिर त्यस्ता मूर्तिहरू हेर्न सकिन्छ ।
प्रजातन्त्रपछि नेपालमा
· राजाहरूका पूर्णकदका मूर्तिहरू ठाउँ ठाउँमा बनाइए । उदाहरणः सिंहदरबार अगाडी पृथ्वीनारायण शाह, तिनधारा पाठशाला अगाडी राजा महेन्द्र, विराटनगरमा राजा वीरेन्द्र, नेपालगंजमा राजा वीरेन्द्र, पोखरामा बडामहाराजा पृथ्वीनारायण शाह आदिका मूर्तिहरू नेपालका मूर्तिकारहरूलेबनाए ।
· कविहरूका मूर्ति पनि ठाउँ ठाउँमा बनाइयो ।
· राजनेताहरू वि.पि. कोइराला, गणेशमान सिंह, मदन भण्डारी, मनमोहन अधिकारी आदि ।
· केही राणाहरू र प्रतिष्ठित व्यक्तिहरूका अर्धवदका मूर्तिहरू पनि थुप्रै निर्माण भयो ।
· २०४६ सालपछि शहिदहरूको प्रशस्त मूर्तिहरू निर्माण भयो ।
आधुनिक मूर्तिकलाको प्रश्रय 
· प्रचलित परम्परालाई तोडेर पूर्णतया आधुनिक मूर्ति बनाउने प्रथम श्रेय ठाकुरप्रसाद मैनालीलाई जान्छ ।
· २०१२ भारतको बरोदा विश्वविद्यालयमा मूर्तिकला अध्ययन ।
· २०२० सालमा स्नातक ।
· एम.एस. युनिभर्सिटी बरोदा भारतका प्राध्यापक युपिरावको चित्र र ठाकुर प्रसाद मैनालीको मूर्तिहरूको प्रर्दशनी, रोयल होटल, बहादुर भवन, २०१९ ।
· २०२३, भृकुटीमण्डप, ३५ फिट अग्लो आधुनिक ‘निर्माण’ मूर्ति हो । जुन बहुप्रशंसित मानियो ।
· ठाकुरप्रसाद मैनालीका आधुनिक मूर्तिहरू सरकारी, गैरसरकारी, बैंक, वित्तिय संस्थान, दुरसंचार, कृषि आयोजना, विद्युत प्राधिकरण, उद्यान अगाडी खुला आकाशमा ३० भन्दा बढी वातावरणीय मूर्तिहरू हेर्न पाइन्छ ।
मैनालीका मूर्तिगत विशेषता
· सिर्जनामा नारीलाई महत्व दिनु । नारीलाई महत्व दिएर बनाएको मूर्तिहरू ः दीपेन्द्र सभागृह, पोखरा, दुरसंचार, अन्तराष्ट्रिय भू–उपग्रह केन्द्र, बलम्बु, काठमाडौं, शिवशक्ति, काठमाडौं, किर्तिपुर उद्यान, गौरीशंकर आदि नै ।
· पूर्वीय र पश्चिमी अभिव्यक्तिको समिश्रण हेर्न पाइन्छ ।
· सौन्दर्यात्मक आनन्द अनुभूतिको व्यापकता ।
· भाव प्रधानता ।
· आध्यात्मिकताको पकड ।
मैनालीका मूर्तिहरूको शिर्षक महत्व (विशेष जोड आध्यात्मिकता माथि) 
· जीवन ज्योति, छाउनी
· ॐ, वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ वानेश्वर
· ॐ नमः शिवाय, बुद्ध गान्धी प्रतिष्ठान, लाजिम्पाट
· आस्था, वीरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्र । यो आस्था, मूर्तिकला क्षेत्रमै अत्याधुनिक हो ।
· प्रकृति, वीरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्र
· शिवशक्ति, जनकपुर चुरोट कारखाना, जनकपुर
· दुर संचारको गति, चावहिल, दुरसंचार भवनको हाताभित्र
· गौरी शंकर, दीपेन्द्र सभागृह
· प्रकाशको मन्दिर, कुलेखानी
· आदि
मूर्ति निर्माण माध्यम
· मार्वल, चिप्स, कंक्रिट, सिमेन्ट
· धातु
शैलिगत स्वरूप
· “निर्माण” चाहि मनुमेन्टल मूर्ति हो । कृषि, स्वास्थ्य, शिक्षा, शान्ति सुरक्षा, यातायात, रोपवे, न्याय, संस्कृति, राष्ट्रिय झण्डा, अर्ध अमूर्त र मानव आकृतियुक्त छन् । प्रत्येक आकृति तीन फिट अग्ला छन् । पारदर्शी खुलापन छ । ज्यामितिकल पिरामिड शैलीमा छ ।
· ‘बुद्धि र बलको योग’ नामक मूर्ति अर्ध यथार्थ शैलीमा छ सम्पूर्ण मूर्तिकोआकृति विन्यास समान छ । आकृति र रेखा विरोधावासपूर्ण नभई लयात्मक मानिएका छन् ।
· ‘कृषिका कार्यहरू’ नामक मूर्तिहरू रिलिफ छन् । धातुबाट निर्माण इम्बोस प्रविधि छ ।
· ‘शक्ति’ फ्रण्टल अर्थात् अगाडी र पछाडी भाग मात्र छ ।
· ‘कम्प्युटर मस्तिष्क’ पूर्ण अमूर्त छ । यस मूर्तिमा प्वालहरू, प्वालबीच अन्तर सम्बन्ध कायम राखेका छन् । शुन्यता, शुन्यताभित्र अनन्तता र परिपूर्णता नै यसको विशेषता हुन् ।
यसरी उहाँका मूर्तिहरू प्रतिकात्मक, गतिशील लालित्यता, रेखात्मक आकर्षक सौन्दर्यमूलक, आदि छन् ।
कला प्रदर्शनी भाग
· स्वदेश, विदेशमा ३० पटक
मूर्ति निर्माण संस्था
· साना र ठूला गरि असंख्य मूर्तिहरू निर्माण गर्ने कलाकारको जति व्याख्या गरे पनि कमै हुन्छ ।
पुरस्कार
· नाफा प्रथम, २०३०, २०३१
· सर्वोत्तम पुरस्कार, अन्तरराष्ट्रिय कला प्रदर्शनी २०२६
· हरिवदन स्मृति सर्वोत्तम पुरस्कार –भारत
· अन्य थुप्रै पुरस्कारहरू
पदक
· वीरेन्द्र राष्ट्रिय कला स्वर्ण विख्यात त्रिशक्ति पट्ट (तृतीय) लगायत अन्य थुप्रै 
सामाजिक सेवामा आबद्ध
· धेरै सामाजिक संस्थाहरूमा सकृय रूपमा रहनु भएको छ ।
· उपकुलपति, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान ।