स्वयम्भुनाथ कार्की - - -
विगत बुझौं, वर्तमान बाँचौं । जनताको नासो जनतालाई बुझाएपछि पूर्वराजाले जनता भनेका जनार्दन अर्थात् बिष्णु हुन भनेर आपूmलाई जनताको विवेकको सहारामा छोडिदिए । राजपरम्परामा राजसंस्थाको निमित्त बोलिदिने राजा हुन्न अरू नै हुन्छन् । तर २०३२ देखि नै बेलाइतको जस्तो राजसंस्था बनाउने राजा वीरेन्द्रको प्रयत्नले त्यहाँ आस्थाले भन्दा अवसरको निमित्त झुम्मिनेहरूको घेरा थियो । पारिवारिक त्रासदीबाट स्तव्ध र थपमा शासनसत्ताको लोभ गरेको आरोप खेपे । आस्थावान हुनुपर्ने जमातमा पक्का अस्थावान नै होलान् भन्ने सोच आएको हुनुपर्दछ ।
त्यसैलाई भरोसा गरेर काम गर्दै गए तर अवसरको निमित्त जम्मा भएकाले बाङ्गो रूखलाई सोझो भन्दै रहे । राजगद्धिका स्वभाविक उम्मेदवार नभएकाले उनले राजकाज जान्नु हुन्न थियो जानेनन् । उनका छोरा पारस युवराज हुने रोलक्रममा थिएनन् त्यसैले उनले पनि राजोचित जिम्मेवार व्यवहार भन्दा एक उन्मुक्त युवाको जीवनशैली अंगालेका थिए र छन् । जतिवेला राजसंस्थाको वरिपरी आस्थावान हैन अवसरवादी चाकरीवाज रहेछन् भन्ने थाहा भयो त्यो वेलासम्म ढिलो भईसकेको थियो । अन्तिम प्रयत्न स्वरूप बुबाको पालाका आस्थावान तर राजनीति र मुलुक छोडेका कीर्तिनीधि बिष्ट र तुलसी गीरी ल्याउनु प¥यो । जो सँग कामगर्ने तागत र आवश्यक पर्ने जनसम्पर्क थिएन, परिवर्तन स्वीकार र सोच परिमार्जन गरेका थिएनन् किनभने उनीहरू एक प्रकारले निवृत्त भएका थिए ।
आफ्नो प्रतिरक्षा गर्नु हरेक प्राणीको कर्तव्य हो, तर उनले त्यो कर्तव्य पनि पालन गरेनन् । पूर्वाग्रहीलाई निर्वाध पूर्वाग्रह पैmलाउन दिए । जव पूर्वाग्रही प्रचारले सिमा नाघ्यो जनतावाटै उनका समर्थक पैदा हुन थाले । उनी चाही बरू एक प्रौढले गर्नु पर्ने पूजा अर्चना, देवस्थल दर्शन गरे । त्यसलाई पनि समर्थक र विरोधी दुवैले राजसंस्थाको पुनस्र्थापनाको प्रयत्न देखे । उनलाई राजकाज र संघर्ष सिकाउन एकथरी लागे । अर्काथरी भने थरहरी भएर धम्काउन लागे, जेल हाल्ने, सजाय गर्ने आदि । जनतामा राजसंस्था प्रतिको आस्थाको झिल्को बाँकी थियो त्यसले हावा पाउन थाल्यो । उनले गर्ने दर्शन तिर्थाटनमा जनता झुम्मिन थाल्यो । वर्तमान संविधान अनुसार उनी एक नागरिक गतिविधि गर्न सक्छन् ।
तै पनि उनी धार्मिक बाहेक सामाजिक उपस्थिति पनि टार्दैछन् भने राजनैतिक गतिविधि त टाढाको कुरा भयो । यो राजसंस्थाको निमित्त र विरोधमा हुने संभावित संघर्ष रोक्न निमित्त हुनसक्छ । फाट्टफुट्ट संचारमाध्यहरूमा आउने कुराले उनी राष्ट्रको अवस्थाप्रति चिन्तित भएको देखाउँछ । तर जनताले वा जनताको प्रतिनिधिहरूले भूमिका विहिन बनाएको र अपमानित गरेर पन्छाइएकाले उनले गर्नसक्ने भनेको चिन्ता चिन्ता नै हो । लामो समयसम्म पनि आफ्नो कुरा आपैmमा गुम्स्याएर राख्नुको कारण के हो त्यो त उनै जानुन् तर यो ठिक भने थिएन ।
उनले विरोधी नै नभने पनि समर्थक पनि भन्न नमिल्ने व्यक्तित्वहरूसँग भेटघाटको क्रम शुरू गरेका छन । चाहे जुन रूपमा होस् भेटघाट हमेशा सकारात्मक हुन्छ । नीतिशास्त्रले भन्छ ‘मुर्ख मित्र भन्दा बुद्धिमान शत्रु राम्रो’ । विगतका बाह्रबर्ष भन्दा धेरै समय आफ्ना भएर भेट गर्नेहरूको भेटले नकारात्मक भएकाहरूलाई झन नकरात्मक बनायो । त्यस्ता भेट पाउनेहरूले बाहिर निस्केर भन्ने गरेको कुरामध्ये धेरै राजसंस्था अव छिटै फर्कर्दैछ भन्ने नै हो । यसले आस्थावानहरूमा आशा अझ भनौ झुटो आशा जगायो भने विरोधीहरूलाई अझ उग्र बनायो । उग्र भएर उनीहरूले थप लाञ्छना लगाउदै गए । अँध्यारो कुनाबाट षडयन्त्र गरेको, धमिलो पानीमा माछा मारेको आदि कुराले पाखा पारिएपछि पनि राजालाई घोची रह्यो ।
भूमिका बिहिन राजासँग बाँकी एकै भूमिका छ त्यो हो राष्ट्रको अवस्थामा चिन्तित हुने । आफ्नो कुनै योजना तथा इच्छा नभएकोले जनताले दिएको भूमिकामा राष्ट्रसेवा गर्ने कुरा उनले हरेक पल्ट भने । उनलाई जाति विषेश सँग जोडियो, धर्म विषेश सँग जोडियो । चारजात छत्तिस वर्णको फूलबारी घोषणा गरिएको देशमा सबैको साझा राष्ट्र सबैको घर भन्ने मान्यता भताभुङ्ग गरियो । यो सत्य हैन भनेर उनले धेरै पल्ट भने तर सुन्नेले त्यसलाई आफ्नै अर्थ लगाई दिए । सबैभन्दा ठूलो राष्ट्र हो । राष्ट्रको मोलमा न राजसंस्था किन्न सकिन्छ न धर्म, यो विचार उनले प्रकट गरिरहे । राष्ट्रलाई शीरमा राखिरहे । तर राजसंस्थावादीले कति बुझे खोई ?
समर्थक तथा विरोधी दुवैमा भएको अवधारणा सँग निरपेक्ष भएर आफ्नो कुरा भन्ने क्रममा राजाले अन्तरवार्ताहरू पनि दिए । विभिन्न अवसरहरू प्रयोग गरेर सन्देश मार्पmत सबैभन्दा ठूलो राष्ट्र हो भन्ने प्रष्ट्याउने प्रयत्न गरिरहे । आपूm जनतालाई जनार्दन अर्थात बिष्णु मान्ने र त्यसको आदेश मान्ने कुरा लगातार गरे । तर जनतासँग प्रत्यक्ष सम्वाद नभएकाले यसको अपेक्षित असर परेन । मान्छेहरूले पाखा नै लगाइएका भए पनि राजा र नेताको बीचको फरकको दूरी कम गर्ने सकारात्मक पहल हुनसकेन । नेतालाई दलको, सत्ताको, शक्तिको आकर्षण हुन्छ । तर राजामा जुन रूपमा रहेपनि राष्ट्रको, जनताको नै चिन्ता हुन्छ । यही कुरा असंगठित जनताले बुझे, सबैलाई बुझाउन पूर्वराजा अगाडि आउन किन हो कुन्नी साहसको कमी भएको देखिन्छ । पुर्खाको भार थाम्न पार्टीको भय व्यवधान नहुनुपर्ने हो, हटेको छनकसम्म आएको छ । राष्ट्र असफलताको भीरमा पुगिसकेको विषय सबैको साझा चासोको विषय हो, यो चासोलाई सबै मिलेर सुल्झाउनु पर्छ ।