Advertisement Banner
Advertisement Banner

२७ बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

मारवाडी नारीशक्तिको पाइला हिमालमाथि

०६ सोमबार , मंसिर २०७८४ बर्ष अगाडि

आजभन्दा करीब २५÷३० वर्ष पूर्व सम्म पनि धेरैजसो मारवाडी महिलाहरु आफ्नो घरको  चारभित्ताभित्रै गुम्सिई आफ्ना इच्छा आकांक्षाहरुको बली चढाउन बाध्य थिए । उनीहरुलाई घरबाट बाहिर गई स्वेच्छाले केही गर्ने अथवा उच्च शिक्षा लिने सहुलियत कमै मात्र परिवारले दिने गरेको पाइन्थ्यो । तर हिजो आज मारवाडी महिलाहरुको व्यक्तित्वमा पनि क्रान्तिकारी रुपले विकास भएको हेर्न पाइन्छ । 
आज मारवाड़ी महिलाहरुले पर्वतारोहण जस्तो कठीन एवं आँटिलो कार्य समेत गरेर आफ्नो वीरताको उदाहरण विश्व सामु राखिसकेका छन् ।
भारत जमशेदपुरकी प्रेमलता अग्रवाल विश्व कै पहिलो मारवाडी महिला पर्वतारोही हुन्, जसले २० मई २०११ को दिन ४८ वर्षको उमेरमा सर्वोच्च शिखर सगरमाथा लाई छुने प्रथम मारवाडी (अग्रवाल) महिला हुने गौरव हासिल गरिन् । उनी ५० वर्ष को उमेरमा अमेरिकाको अलास्काको माउंट मैकेनलेको शिखर आरोहण 
गरेर त्यो शिखर चढ़ने पनि विश्व कै प्रथम मारवाडी (अग्रवाल) महिला बनिन् । सात महाद्वीपहरुको शिखर चढ़ने प्रेमलता एक कुशल गृहिणी हुन् । उनको यो सफलताको लागि भारत सरकारले उनलाई पद्मश्रीबाट सम्मानित गरिसकेको छ ।
मारवाडी महिला कै साहसको अर्को नमूना हाम्रो आफ्नै देश धरान नेपाल निवासी सुश्री श्रेया सोनी जसले १८ मई सन् २०१९ मा एवरेस्ट बेस क्याम्पको सफल 
आरोहण गरिन्, त्यसैगरी तिलिचो लेक (५२००) को पनि सफल ट्रेकिङ गरी 
सकिन् । सुश्री श्रेया सोनी र अरु दुई साथी स्नेहा अग्रवाल धरान र मुस्कान अग्रवाल धरानले नोभेम्बर २०२० मा मार्दी बेस क्याम्पको सफल आरोहण गरिसकेका छन् ।
  त्यस्तै धरानकी नै अर्की साहसी वीर महिला  डाक्टर मोनिका अग्रवालले हालै २५ सेप्टेम्बर २०२१ मा एभरेष्ट बेस कैम्पको सफल आरोहण गर्नुको साथ साथै छो ला पास (५४२० मि.) – २७ सेप्टेम्बर २०२१ मा, गोक्यो रि (२९ सेप्टेम्बर २०२१ मा सफल आरोहण गरिसकेकी छन् । उनका साथमा उनका पति डाक्टर प्रमोद अग्रवालले पनि सफल आरोहण गरेका हुन् ।
  यसै गरी मारवाडी भाषाकी अभियन्ता, नारायणी एफ एम, वीरगंजकी प्रस्तोता श्रीमती नूतन सरावगी मित्तलले पनि (४५०० मि.) को उचाईं भएको मार्दि बेस कैम्पको सफल आरोहण गरी यात्रा बृतांतमा मारवाड़ी भाषाको प्रयोग पनि गरिन् ।   मातृभाषाको प्रयोग हुनुले मारवाडी भाषा आफैमा गर्वित हुनुका साथै सम्पूर्ण मारवाडी भाषी नेपालीहरु मात्र नभई विश्व कै सबै मारवाडी भाषीहरुले खुशीको अनुभूति गरेका छन् । अब त्यो दिन पनि टाढा न होला जब हाम्रो नेपाल कै मारवाडी नारीशक्तिले पनि सगरमाथा माथि प्यारो देशको झण्डा फर्फराउने छन् ।
      – इन्दु तोदी, धरान