काठमाडौं । अमेरिकी टेकोमा अडेको भारतीय कूटनीति नेपालका सन्दर्भमा अमेरिकाको सहयोगी भूमिकामा छ । नेपाली जनमानसमा भारतीय नीतिप्रति घृणा बढेको सीमा अतिक्रमणपछि लिपुलेक नै खाइदिएपछि हो भने कञ्चनपुरमा गौतम गोविन्दपछि महाकालीमा जयसिंह धामीलाई मारिदिएपछि भारतको अपराधिकताप्रति नेपालमा विरोध बेपत्ताले बढेको छ ।
पार्टी र नेताहरूले आफ्नो जवाफदेही देखाउन नसक्दा र कुनै बैकल्पिक शक्ति नदेख्दा जनता यिनकै भर पर्न बाध्य छन् । नेताहरू भने भारत रिसाउला कि, अमेरिका रिसाउला कि भनेर फुकी फुकी कदम चालिरहेका छन् । बिस्तारै नेपालमा भारतको प्रभाव घट्दो क्रममा देखिएको छ । अन्ततोगत्वा यसबाट टुक्रिने हदसम्मको दुस्प्रभाव पर्ने भारतमै हो, भारतले हेक्का राखेको देखिदैन ।