Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

चरी, घैाटेपछि कुन डनको पालो?

०७ सोमबार , भाद्र २०७२१० बर्ष अगाडि

गोविन्दप्रसाद पौडेल
दिनेश अधिकारी चरी मारिदा धादिङका सभासद तथा एमालेका नेता राजेन्द्र पाण्डेले संसदसमेत हल्लाए। भदौ ४ गते घैंटे मारिए, कांग्रेसका नेता जगदिश नर्सिङ केसी धुरु धुरु रोए, उनलाई मारिएकै दावी समेत गरे। त्यसो भए अव माओवादी गुण्डाको पालो हो कि भन्ने आशंका पनि उठेको छ। के हो यो? गुण्डामाथि कानुनी कारवाही गरिनुपर्छ भन्नु न्यायसंगत कुरा हो तर जनतालाई दुःख दिने र गुण्डागर्दी गर्नेहरुलाई राजनीतिक संरक्षण छ भन्ने देखाउनु उचित हो कि अनुचित? त्यसमाथि सत्तारुढ दल कांग्रेस र एमालेले यसरी खुलेआम गुण्डाको पक्षपोषण गर्न मिल्छ? कांग्रेस र एमालेको नकाव पनि उत्रियो। हिजो माओवादीलाई चन्दा आतंक भनेर डाम्नेहरु यति छिटै आफ्नो कुरुप अनुहार देखाउन पुगे। एसएसपी सर्वेन्द्र खनालले भनेका छन्– घैँटे पुलिस दोहोरो भिडन्तमै मारिएका हुन्। उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि घैँटेले फायर खोले, ढुंगामुडा गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउन परेको हो। घैँटेको छातीमा ८ राउण्ड गोली लागेको खुलासा भइरहेको छ। स्मरणीय छ कि चरी मारिदा पनि उनको छातीमा ८ राउण्ड गोली नै हानिएको थियो। यही प्रष्टोक्ति संसदलाई समेत दिइएको छ। दोहोरो भिडन्तमा दुई असई र एक जवान पनि घाइते भएको र उपचार गराइरहेको दावी प्रहरीले गरेको छ।
घैँटेले ठेक्का आफै लिने, ठेक्का दिलाईदिने, हाउजिङहरुसँग पैसा, अपार्टमेन्ट माग्ने, बालुवा, ढुंगाको ठेक्का दिने दिलाउने, प्लटिङ, होटल, मेनपावर, ठूला घरानीय व्यापारी, उद्यमीसँग मोटो रकम चन्दा मागेर हैरान पारेको उजूरीका सम्बन्धमा प्रहरीले छानबिन गरिरहेको सन्दर्भमा उनको हत्या भएको छ। र, अव घैँटेको सम्पत्ति छानबिन भइरहेको प्रहरीले खुलासा गरेको छ। प्रहरीका अनुसार पहिलो धन्यवाद होटल एसोसियसनले दियो, नागरिकहरुले पनि धन्यवाद दिएका छन्। अव प्रहरी गुण्डाराज चल्न दिनेवाला छैन। गोप्य रुपमा सूचना दिनोस्, हामी कारवाही गर्छौं। त्यसो भए गुण्डाराज सकिएकै हो त? नामुद गुण्डा डन अझै धेरै छन्। भारतको विहारमा नितिशकुमार मुख्य मन्त्री भएपछि २ हजार गुण्डा दोहोरो भिडन्त भन्दै सफाया गरिएको थियो। कतै त्यस्तै सिको नेपाल प्रहरीले पनि लिएको हो कि? बुझ्नु पर्ने कुरो के हो भने गुण्डाको सफाया होइन, गुण्डा बन्ने वातावरणको अन्त्य जरुरी छ। गुण्डा बन्नु समाजविरोधी हुनु हो भन्ने चेतना फैलाउनु जरुरी छ। व्यक्तिमाथि विभेद बढ्यो भने पनि गुण्डागर्दी बढ्छ। यथार्थमा अति राजनीतिकरणले गुण्डा जन्माउने गरेको छ। चेतना रहोस्। र, नेपाल प्रहरीले गुण्डागर्दीलाई छुट नदिने निर्णय गरेको छ। राजनीतिक संरक्षणमा पालिएका गुण्डालाई नियन्त्रणमा राख्न प्रहरी सफल होला?