Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

प्रचण्ड र माधव ?

२२ सोमबार , कार्तिक २०७८३ बर्ष अगाडि

प्रेम सागर पौडेल, नेपाल–चीन पारस्परिक सहयोग समाज - - - - 
राजा ज्ञानेन्द्रलाई दरवार छाड्न मनाउने नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइरालालाई माओवादीले मज्जाले उपयोग ग¥यो । पछिल्लो समयमा कांग्रेसका सभापति शेरवहादुर देउवालाई उपभोग गरेर माओवादी अध्यक्ष दाहाल सत्ता साझेदार छन् ।
एमाले र माओवादी केन्द्रको एकतामा दाहालको स्वार्थ थियो, सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको अध्यक्ष बन्ने । यस्तो महत्वकांक्षा पूरा गर्ने नयाँ सारथीको रुपमा ओली आएका थिए । तर सपना उडायो हुरीले ।
माओवादी युद्धको समयमा दाहालको सबैभन्दा ठूलो महत्वकांक्षा भनेको शक्ति हत्याउने थियो । पैसा र सत्तालाई केन्द्रमा राखेर उनले गरेको राजनीतिका कारण उनलाई धेरैले छाड्दै गएको देखिन्छ । अहिले दाहालको वरीपरी रहेका धेरैको एउटै स्वार्थ छ, ‘जसरी पनि सरकारमा जाने र सक्दो कमाउने ।’ स्वार्थमा बाधा पु¥याउने जतिलाई उनीहरुले साझा शत्रुको रुपमा लिन थालेका छन् ।
...माओवादी भित्र रहेका धेरै नेताहरु अमेरिकाको लागि काम गर्छन् । तर पनि दाहालका कारण अमेरिकनहरुले उनीहरुलाई राम्रो दृष्टिले हेर्दैनन् । सभामुख अग्नि सापकोटा र पूर्व सभामुख कृष्णबहादुर महरा चीनतर्फ बढी ढल्किएको पश्चिमाहरुको आरोप छ । महरा चीनभन्दा बढी नेपालमा रहेका इसाईहरुको इसारामा नाच्छन् । यो कोटामा एमाले नेता नेम्वाङ्ग पनि पर्दछन् । उमाले टुक्रा पारेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल त इसाईका नेपाल प्रतिनिधिजस्ता नै लाग्छन् । उनी इसाई पथमा दर्जनौंपल्ट विदेश भ्रमण गरिसकेका छन् । धर्म निरपेक्ष नेपालको घोषणामा समेत यिनीहरुको सकृयता थियो, दाहालको दरिलो सर्मथन ।