“ प्रजातान्त्रिक शक्ति र राजाको शक्तिको वीचमा मेल भइदियो भने यस देशलाई कसैले हल्लाउन सक्दैन ।“ – बीपी कोइराला
तर गणेशमान पन्छाइए, कृष्णप्रसाद भट्टराईले कांग्रेस छाडेपछि उत्तराधिकारी जीपीले कांग्रेसलाई माओवादीको पछुवा बनाइदिए । बीपीको अनुयायी हुँ भन्ने वर्तमान सभापति शेरबहादुर देउवा गुटका शेर र माओवादीका पिठ्यू चढेर सिद्धान्त होइन, पार्टी होइन, अप्रजातान्त्रिक सत्ता चलाइरहेका छन् ।
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका रमेशनाथ पाण्डे लेख्नुहुन्छ– रोल्पाबाट नयाँ दिल्लकिो बाटो सिंहदरबार पुगेको माओवादी नेतृत्वको भारत नीति कहिले उग्र उत्तेनाको उचाइ र कहिले आत्मसमर्पणको रसातल पुग्ने गरेको छ । सत्ताबाट हट्नुपरेपछि क्रुद्ध माओवादीले यसै शैलीलाई निरन्तरता दिँदै सुगौली सन्धि लगायत भारतसँगको सम्पूर्ण असमान सन्ध्सिम्झौता खारेज गर्ने पस्ताव पारित गर्न प्रस्ताव गरेको थियो । फेरि प्रधानमन्त्री हुने आशामा आँखाभरि आँसु लिएर प्रचण्डले भन्नुभयो– राष्ट्रियतामा उभिएकाले मैले अपमान भोग्नुपरेको छ ।
अहिले पनि प्रचण्ड यही धरातलमा देखिनु हुन्छ । एमालेका पूर्व र वर्तमान नेताहरुको अडान पनि यस्तै पानीजस्तो छ । माटो हातमा लिएर निर्णय गर्नु भन्ने बीपी कांग्रेसभित्रै देखिदैनन्, राजनीतिमा देखिने सवालै भएन । यसकारण त नेपाली राष्ट्रवाद बीपीवादको प्रतिक्षा गरिरहेको अनुभूत हुन्छ ।
होनहार युवाहरु छन्, तर ती युवाहरुमा आँट र हौसला दिने कसले ?