Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

एमसीसी के होला ?

०८ सोमबार , कार्तिक २०७८३ बर्ष अगाडि

प्रेम सागर पौडेल - - - -
माओवादी अध्यक्ष दाहाललाई एमसीसी एउटा अवसर पनि हो । एमसीसी पास गर्ने अभियानको नेतृत्व गरेर उनले अमेरिकासंग लामो समयदेखि रहेको अविश्वासलाई हटाउन चाहन्छन् । यसका लागि ११ बुँदेको जवाफ सबैभन्दा महत्वपुर्ण दस्तावेज हो । अध्यक्ष दाहालले चाहेको भन्दा फरक नपर्ने गरी आएको ११ बुँदेको जवाफले एमसीसीको पक्षमा ओली बाहेकका दलहरू एक ठाउँमा देखिने सम्भावना छ । यहिं नेर एमसीसीको पक्षमा गएर ओलीले देउवासँग नयाँ गठबन्धन बनाउँछन् कि भन्ने चिन्ता पनि दाहाल र नेपाललाई रहेको छ । यस्तो अवस्थामा उनीहरूको अवस्था आगामी निर्वाचनमा निकै कमजोर हुनेछ ।
११ बुदेमा टेकेर माओवादी एमसीसीको पक्षमा जाँदा पनि संसदबाट यो पास हुने अवस्था छैन । यसका लागि सत्ता साक्षेदार सवै दलको सहयोग आवश्यक छ । नेकपाले गठन गरेको एमसीसी कार्यदलका संयोजनका हिसाबले झलनाथ खनाललाई यो बाटोमा हिड्नु सहज छैन । नेपालले यो बाटो लिए भने कार्यकर्ता एमालेमा फर्कन सक्ने सम्भावना पनि उत्तिकै छ । त्यसैले अहिले ओलीले खेल्ने भूमिका सबैभन्दा महत्वपूर्ण देखिन्छ । उनले एमसीसीको बिषयलाई आफ्नो पक्षमा पार्न सकेभने नेपाल पक्षले पु¥याएको क्षतिलाई समेत केहि हदसम्म कम गर्न सक्ने छन् ।
...अमेरिकाको पक्षमा काम गर्दै आएका अर्थमन्त्री जर्नार्दन शर्मा र उर्जा मन्त्री पम्फा भुसाल अहिले एमसीसीको पक्षमा सकारात्मक छन् । पार्टी भित्र विरोध हुने भएकाले उनीहरूले यस विषयमा खुला वकालत भने गर्न सकेका छैनन् ।...